चरिकोट, २२ असोज
दोलखाका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने घोषणा गरेका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) दोलखाका अनुसार जिल्लाभर रहेका ३३ वटा बोर्डिङ स्कुलले बैशाख महिना देखी भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएको हो ।
असोज ७ गतेबाट दोलखाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि सो निर्णय गरिएको प्याब्सन दोलखाका अध्यक्ष पर्वत थापाले जानकारी दिनुभयो । सो अवधिमा विद्यार्थीले कुनैपनि माध्यमबाट कक्षा लिन नपाएकाले मासीक शुल्क लगाएतका शुल्क नलिने निर्णय गरेको थापाको भनाई छ । असोज महिना यता भने जिल्लाका अल्पाईन पब्लिक स्कुल, द राइजिङ स्टार इङ्लीस बोर्डिङ स्कुल, माउन्ट भ्याली एकेडेमी, एपेक्स इन्टरनेशनल बोर्डिङ स्कुल लगाएतले अनलाईन कक्षा सञ्चालन गरेको छ । अनलाईन कक्षा लिने विद्यार्थीले भने मासीक शुल्क तिर्नुपर्नेछ ।
विद्यार्थी र अभिभावकको समस्यालाई बुझ्दै ५ महिनाको शुल्क नलिने निर्णय गरेको अल्पाईन पब्लिक स्कुलका प्रध्यानध्यापक उद्धव थापाले जानकारी दिनुभयो । अल्पाइनले कक्षा ३ देखी १० सम्मका विद्यार्थीका लागी अनलाईन मार्फत कक्षा सञ्चालन गरिरहेको र सो कक्षा लिने विद्यार्थीलाई मासीक शुल्कमा ३० प्रतिशत छुट दिएको थापाको भनाई छ ।
यस अघि लकडाउनका समयमा बन्द रहेका निजी विद्यालयले शुल्क लिन सक्ने भन्दै अभिभावक चिन्तित बनेका थिए । प्याब्सनको अगुवाईमा गरिएको यो निर्णयले अभिभावकलाई राहत पुगेको छ । दोलखा जिल्लाको विभिन्न स्थानमा ३३ वटा बोर्डिङ स्कुल सञ्चालनमा छन् ।
दोलखाका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने जनाएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) दोलखाका अनुसार जिल्लाभर रहेका ३३ वटा बोर्डिङ स्कुलले बैशाख महिना देखी भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएको हो ।
असोज ७ गतेबाट दोलखाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि सो निर्णय गरिएको प्याब्सन दोलखाका अध्यक्ष पर्वत थापाले जानकारी दिनुभयो । सो अवधिमा विद्यार्थीले कुनैपनि माध्यमबाट कक्षा लिन नपाएकाले मासीक शुल्क लगाएतका शुल्क नलिने निर्णय गरेको थापाको भनाई छ ।
असोज महिना यता भने जिल्लाका अल्पाईन पब्लिक स्कुल, द राइजिङ स्टार इङ्लीस बोर्डिङ स्कुल, माउन्ट भ्याली एकेडेमी, एपेक्स इन्टरनेशनल बोर्डिङ स्कुल लगाएतले अनलाईन कक्षा सञ्चालन गरेको छ । अनलाईन कक्षा लिने विद्यार्थीले भने मासीक शुल्क तिर्नुपर्नेछ ।