अहिले हामी मध्य दशैंमा छौं । अर्थात दशैं मनाईरहेका छौं । यस पटक कोरोना कहरले गर्दा जो जहाँ छौं त्यही रहेर पर्व मनाईरहेको अवस्था छ । यता दोलखामा भने निशेधाज्ञाका विच दशैं मनाउनु पर्ने अवस्था सिर्जना भएको छ । कोरोनाका कारण हामी नेपालीको मुख्य चाड भनिएको दशैं यस पटक रौनक विहिन बनेको छ । यो रंगीन मौसमका विच हाम्रो मन पनि वेरंगिन बनेको छ । कोरानाको त्रास बढेको छ । सरकारको आश मरेको छ ।
दशैं भन्ने वितिकै केटाकेटी देखी पाका उमरेका समेतलाई बेग्लौ किसिमको रौनकले छुन गर्छ । देश विदेश रहेकाहरु आफ्नो घर फर्कने परिवारसँग पुर्नमिलन गर्ने, परिवारसँग बसी मिठो मसिनो जे छ, परिवारसँग बसेर खाने पर्व हो । तर यस पटक भने माहोल अलि फरक बनेको छ । परिवार विच मिलन हुन पाएको छैन । किन भने जो जहाँ, त्यही बसेर दशैं मनाउनु पर्ने बाध्यता आएको छ ।
शुभ कामना दिनेहरुले पनि यस पटक भने कोरोना भाईरसले नसताओस् भनेर दिनु परेको छ । कोरोनो भाईरसलाई जित्ने शक्ति मिलोस् भनेर शुभ कामना र आर्शीवाद दिएर डिजिटल प्रविधिमा दशैं मनाउनु पर्ने अवस्था अहिले सिर्जना भएको छ । यो अवस्थामा हामीले पनि संक्रमण रोग सर्नबाट आफु पनि बच्दै अरुलाई पनि बचाउँनु पर्ने अवस्थाको सिर्जना भएको छ । यसलाई आत्मसाथ गर्नुको विकल्प पनि छैन् ।
सुरुमा शान्त रहेको दोलखमा केही हप्तादेखी कोरोना भाईरसले तिब्र गतिमा सताउन थालेको छ । अर्थात जिल्लामा कोरोनाका संक्रमीतहरु बढीरहेका छन् । पर्यात्त सर्तकता अपनाउन नसक्दा समुदाय स्तरमै कोरोना संक्रमणले सताउने खतरा बढेको छ । यो अवस्थामा हामीले पर्याप्त सर्तकता अनपाउन नसकेमा समस्या झन् विकराल बन्ने छ । यस तर्फ समयमै सजक बनौं ।
सुरक्षित रही दशैं मनाऔं । यसपालीको दशैंको शुभ कामना ।
प्रकाशित मिति:
आइतबार, कात्तिक ९, २०७७, ०८:४०:००