चरिकोट, २० चैत्र
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दोलखामा रहेका सहकारी सहकारी संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
दिवसको अवसरमा आज विहान जिल्ला सहकारी संघ दोलखाले चियापान तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी जिल्लामा रहेको सहकारी संस्थाहरुले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमबारे जानकारी गराएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले जिल्ला स्थित सहकारी संस्थाहरुले सम्पन्न गरेका कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।
सो अवसरमा गराईएको जानकारी अनुसार ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गत चैत्र १३ गते हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको छ । यसै गत चैत्र १० गते भीमेश्वर नगरक्षेत्रका सहकारी संस्था र भीमेश्वर नगरपालिका विच छलफल कार्यक्रम सम्पन्न भएको छ भने गत चैत्र १४ गते मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भीमेश्वर नगरपालिका मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ भने गत चैत्र १९ गते सो सहकारी संस्थाले आफ्ना असल ऋणीहरुलाई परिचय पत्र वितरण गरेको छ ।
यसै गरी दिवसको अवसरमा गत चैत्र १९ गते जिरीमा रहेको एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ भने जिरीमा मावि स्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । गरै गरी गत चैत्र १७ गते जिल्ला सहकारी संघको आयोजना, विगु गाउँपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाको प्राविधिक सहयोगमा सिंगटीमा रक्तदान कार्यक्रम आयोजना गरी ४२ पिन्ट रगत संकलन गरिएको कार्यक्रममा अध्यक्ष चौलागाईले जानकारी दिनु भयो ।
यसै गरी गत चैत्र १८ गते राष्ट्रिय सहकारी दिवसको अवसरमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वैत्यश्वर गाउँपालिकाको मैनापोखरी बजारमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको र सो कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरेको कार्यक्रममा जानकारी गराईयो । सो रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाले गरेको समेत सो अवसरमा जानकारी गराईयो ।
यसै गरी चैत्र १९ गते जिल्ला सहकारी संघको आयोजना तथा समन्वयमा विभिन्न कार्यक्रम सम्पन्न भएको जानकारी छ । जस अनुसार संघ र जनहित सहकारीको संयुक्त प्रयासमा गौरीशंकर बालगृहका वालवालिकाहरुलाई ३५ हजार बराबरको खाद्य र स्टेसनरीका सामग्री वितरण गरिएको छ भने भीमेश्वर बहिरा प्राथामिक विद्यालयमा प्रगति सहकारीद्धारा २० हजार बराबरको स्टेसनरी एवं सरसफाईका सामग्री वितरण गरिएको छ ।
यसै गरी कार्यक्रममा गराईएको जानकारी अनुसार आमाको माया छात्रावास रामकोटमा हाम्रो जनकल्याण सहकारीले पिउने पानीको बोतल र डिम्पेनसर वितरण गरेको छ भने आवाज नेपालद्धारा सञ्चालित स्नेह केन्दमा परोपकार महिला सहकारीद्धारा २० हजार र सारथी सहकारीद्धारा १० हजार बराबरको गरी ३ वटा डलब बेडको खाट उपलब्ध वितरण गरिएको छ, भने दिवसको अबसरमा वैत्यश्वर गाउँपालिकामा रहेका विभिन्न सहकारी संस्थाहरुको पहलमा स्थानीय स्वास्थ्य केन्द्रमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
दिवसको अवसरमा जनसचेतन सहकारीको आयोजनामा आजबाट बैत्यश्वर गाउँपालिका स्तरिय जनसचेतन कप भलिवल प्रतियोगिता हनुमन्तेश्वर माविमा सुरु भएको जानकारी गराईयो भने कालिञ्चोक गाउँपालिका स्तरिय सहकारी सञ्जाल र गाउँपालिकाको आयोजनामा सुनखानीमा गाउँपालिका स्तरिय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ, भने तामाकोशी गाउँपालिकामा गाउँपालिका र स्थानीय सहकारी संस्था विच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पनि सो कार्यक्रममा जानकारी गराईयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै खड्काले दोलखामा तीन सय भन्दा बढी सहकारी संस्थाहरु क्रियासिल रहेको जानकारी दिनु भयो ।
जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख आतिथि नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका केन्द्रिय संदस्य जिवसराज खड्का रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै खड्काले दोलखामा तीन सय भन्दा बढी सहकारी संस्थाहरु क्रियासिल रहेको जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न सहकारीकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।