चरिकोट, चैत्र ३१
दोलखाका पत्रकार अर्जुन पाख्रिन दावा नर्वु माउन्टेड टुरिजम पत्रकारिता पुरस्कार २०७७ द्धारा सम्मानित भएको छ । विश्वका अल्पाइन क्लवका सदस्य नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाख्रिनलाई सो पुरस्कारद्धारा सम्मान गरिएको हो ।
टुरिजम मिडिया नेटवर्कका अध्यक्ष रहेका पाख्रिनले पर्वतीय पर्यटन, पर्यटकीय गन्तव्य र सम्भावित ठाउँको विषयमा कलम चलाएर नेपालको प्रवद्र्धनमा महत्पूर्ण भूमिका खेलेको भन्दै पत्रकार पाख्रिनलाई राजधानीमा सम्मान गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकाल, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा र नेपाल माउन्टेड एकेडेमी अध्यक्ष लाक्पा फुटि शेर्पाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
टुरिजम मिडिया नेटवर्कद्धारा सञ्चालन गरिरहेको टुरिजम समाचार डटकम र टुरिजम अनलाइन टिभिका सम्पादक समेत रहेका पाख्रिन विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । पाख्रिनले यसअघि २०१८ मा साउथ एसिएन ट्राभल मिडिया अवार्ड माल्दिभसमा पाएका थिए भने २०१७ टान मिडिया अवार्ड पाएका थिए । एनएमएले पाख्रिनसँगै जगदिश तिवारी, जापानिज र कोरियन पत्रकारलाई सम्मेत सम्मान गरिएको थियो ।
प्रकाशित मिति:
मंगलबार, चैत ३१, २०७७, १२:२५:००