चरिकोट, १९ बैशाख
देशभरिका सम्पुर्ण विद्यालय बन्द गर्ने सरकारको निर्णयका विरुद्ध दोलखामा सञ्चालन भइरहेको परिक्षा तत्काल स्थगित गर्न अनेरास्ववियु दोलखाले माग गरेको छ ।
बैशाख १३ गतेको निर्णय अनुसार देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णयको विरुद्ध दोलखाको कालिन्चोक, गौरिशंकर, वैत्यश्वर, विगु र मेलुङ गाउँपालिकामा वार्षिक परिक्षा सञ्चालन भइरहेको भन्दै तत्काल स्थगित गर्न माग गरिएको हो ।जिल्लाका अन्य स्थानीय तहले भने विद्यालय बन्द गरिसकेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दोलखाले आज परिक्षा तत्काल स्थगित गर्न माग गर्दै दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमीरेलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रकाशित मिति:
आइतबार, वैशाख १९, २०७८, २०:२९:००