चरिकोट ५ असार
जिल्लाको तामाकोशी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सर्तक अबस्था रहन आग्रह स्थानीय प्रशासनले आग्रह गरेको छ ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा भारी बर्षा भएसँगै पहिरो आउँदा नदीको बहाब रोकिन गएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती सूचना प्रकाशन गरी जानकारी गराए पछि अहिले तामाकोशी तटिय क्षेत्रमा सुरक्षा सावधानी अनपनाईएको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती एक सूचना जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रको वस्ती तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने भएकाले सजग रहन र कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । साथै प्रशासनले स्थानीय तहका पदाधिकारी र सुरक्षा निकायसँग समन्वय गर्न पनि तटीय क्षेत्रका वासिन्दालाई अनुरोध गरेको छ ।
प्रकाशित मिति:
शनिबार, असार ५, २०७८, ०९:०७:००