दोलखा, ०७ असार
दोलखामा पुन एक साताका निशेधाज्ञा थप भएको छ । कोरोना संक्रमितको संख्या नघटेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दोलखाले आगमी असार १२ गते सम्मका लागि निशेधाज्ञा थप गरेको हो ।
आईतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा निशेधाज्ञा एक साता थप गर्नका लागि स्थानीय प्रशासनलाई सिफारिस गरे अनुसार लकडाउन एक साता सम्म लम्ब्याउने निर्णय भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
असार सात गते सोमबार राती १२ बजेदेखी आगामी असार १४ गते सोमबार राती १२ बजे सम्मका लागि दोलखा जिल्ला भर निशेधाज्ञा थप भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । थप गरिएको निशेधाज्ञा अवधिमा सरकारी कारोबार गर्ने बैंकहरु भने एक चौथाई कर्मचारी राखी सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरिएको छ भने अन्य बैंक तथा वित्तिय संस्थाहरुले हप्ता ३ दिन मात्र सेवा दिन पाउने भएका छन् । यसै गरी होटल, रेष्टुरेन्ट, ब्युटीपार्लर, सिनेमा घर, शैलुन जस्ता भीडभाड हुने बाहेकका सबै पषलहरु दिउसो १२ बजे सम्म खोल्न पाइने भएको छ ।
निशेधाज्ञा भर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थानमा पाँच जना भन्दा बढी भेला नहुन आग्रह गरिएको छ । सार्वजनिक र निजी यातायाताका साधन सञ्चालनमा पुर्ण रुपमा रोक लगाईएको छ । साथै जिल्ला भर कुनै पनि प्रकारका सभा सम्मेलन, गोष्ठि, भोला र जुलुस आदि गर्न पनि पुर्ण रुपमा निशेध गरिएको छ ।



प्रकाशित मिति:
सोमबार, असार ७, २०७८, १५:०५:००