चरिकोट, १५ असार
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जिल्ला विभिन्न स्वास्थ्य केन्द्रहरुलाई अक्सिजन कन्सनटेटर उपलब्ध गराएको छ । राप्रपा दोलखाले नेपाल चाईन टेड एण्ड इण्ड्रसटियन एशोसिएसनबाट प्राप्त कन्सनटेटर मध्य ८ वटा दोलखामा वितरण गरिएको राप्रपा दोलखाका जिल्ला संयोजक राजनबहादुर शिवाकोटीले बताउनु भयो ।
कोरोना भाइरसका कारण मानव समुदायमा भइरहेको क्षतिलाई न्युनिकरणका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको संयोजक शिवाकोटीको भनाई छ । राप्रपाले जिल्लाको कालिञ्चोक, गौरीशंकर, विगु र भीेमेश्वर नगरपालिकाका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सनटेटर उपलब्ध गराएका हो ।
प्रकाशित मिति:
मंगलबार, असार १५, २०७८, १६:११:००