धुलिखेल, ०८ साउन
जनसचेतन वचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखाले सञ्चालकहरुकोे क्षमता विकासका लागि आयोजना गरेको सियुडीसीसी तालिम शुक्रबार सम्पन्न भएको छ ।
काब्रेको धुलिखेल स्थित धुलिखेल लज तथा रिर्सोटमा सञ्चालित पाँच दिने सो तालिमका सहभागीहरुलाई राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी. उप्रेतीले प्रमाण पत्र वितरण गर्नु भयो । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा सञ्चालित तालिममा जनसचेतन साकोसका पदाधिकारी, सञ्चालक र व्यवस्थापनका कर्मचारी गरी २६ जनाको सहभागिता रहेको थियो ।
तामिलको सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का कायममुकायम कार्यकारी प्रमुख प्रकाश प्रसाद पोखरेल, प्रशिक्षकद्धय बल्लब तिमिल्सना र सुमनराज घिमिरेले सहजीकरण गर्नु भएको थियो ।
तालिम समापन समारोहलाई सम्बोधन गर्नु हुँदै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी. उप्रेतीले संबृद्धिका लागि सहकारी संस्थाको महत्वपुर्ण भूमिका हुने भन्दै दोलखा जिल्ला सहकारी क्षेत्रका लागि उर्बर भूमी रहेको बताउनु भयो । सहकारी संस्थाले आर्थिक कारोबार नगरी समाज विकासका लागि समेत योगदान पुर्याउने भन्दै उप्रेतीले तालिममा सिकेका विषयवस्तुलाई कार्यन्वयनमा ल्याउन समेत आग्रह गर्नु भयो । यसै गरी तालिम समापन समारोहलाई सम्बोधन गर्नु हुँदै जनसचेतन साकोसका पुर्व अध्यक्ष तथा सहकारी अभियान्ता भीम दाहालले तालिमले संस्थाका पदाधिकारी, सञ्चालक र कर्मचारी विचको एकतालाई बलियो बनाएको भन्दै तालिमले सहरकारी अभियानलाई महत्वपुर्ण टेवा पुगेको बताउनु भयो ।
तालिम समापन समारोहमा संस्थाका अध्यक्ष हेमन्त चौलागाई संस्थाको नयाँ कार्यसमिति चयन भए पछि आयोजना गरिएको क्षमता विकास तालिमले सहकारी अभियानालाई थप सुधार गरी सञ्चालनका लागि सहयोग मिलेको बताउनु भयो । जनसचेतन सहकारी नेपालको सहकारी अभियानको रोल मोडेल भएको बताउनु हुँदै सहकारीका मुल्य मान्यता र असल अभ्यासलाई थप प्रभावकारी ढंगले अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
समापन समारोहका संस्थाका सचिव कमल दाहालले तालिमले संस्थाको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उल्लेख गर्नु हुँदै संस्थाले सञ्चालक र कर्मचारीहरुको क्षमता विकासलाई निरन्तरता दिने बताउनु भयो । तालिमको उद्घाटन गते सोमबार नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) अध्यक्ष परितोष पौडेलले उद्घाटन गर्नु भएको थियो ।
दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन साकोसले दोलखा सहित काब्रेपलाञ्चोक, भक्तपुर काठमाण्डौ, ललितपुर जिल्लाका विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरी आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।