नेपाली कांग्रेस दोलखाको १४ औं महाधिवेशनको रौनक आजदेखि सुरु भएको छ । नेपाली कांग्रेस दोलखाका सभापति सभापति रुद्र बहादुर खड्काको सभापतित्वमा जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस दोलखाका पूर्वसभापति लगायतका अन्य वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चरिकोट स्थित सिमपानी हलमा भएको उद्घाटन सत्र निकै तामझामकासाथ भएको थियो । यस पटक नेपाली कांग्रेसका सबै पदाधिकारीहरुमा प्रभावशाली युवाहरुले उम्मेदवारी दिएका छन् । काँग्रेसको जिल्ला सभापतिमा रुद्र बहादुर खड्का, तारा बहादुर खड्का, बर्मा लामा र केशवराज चौलागाईले उम्मेदवारी दिएका छन् । काँग्रेस जिल्ला अधिवेशनको रौनक तस्वीरमा ।




प्रकाशित मिति:
शुक्रबार, असोज १५, २०७८, १७:५४:००