चरिकोट, १६ बैशाख
नेपाली काँग्रेस दोलखाका प्रभावशाली मानिने बैत्यश्वर गाउँपालिका गौरीमुदीका छबिलाल मोक्तान (सानो छबी) नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । दोलखाको बैत्यश्वरमा कांग्रेसबाट उपाध्यक्षमा बागी उम्मेदवारी दिएका उनलाई नेकपा एमाले दोलखाले सोही पदमा सर्मथन गर्ने नेकपा एमालेबाट बैत्यश्वरका लागि उम्मेदवार बन्नु भएकी नबिना लामालाई फिर्ता गर्ने सहमति अनुसार मोक्तान नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।
एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका विच मोक्तान एमाले प्रवेश गर्नु भएको हो । मोक्तानलाई पुर्व सञ्चार मन्त्री तथा संघीय सासंद एवं एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङल, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर लगायतले एमालेमा प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गरेसँगै मोक्तान एमालेको आधिकारिक उम्मेदवार नेकपा एमाले दोलखाले जनाएको छ । कार्यक्रममा मोक्तानले गठबन्धनका नाममा पार्टीले इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने काम भएकोले भन्दै ३० वर्षे कांग्रेसको यात्रा टुंग्याएको टिप्पणी गर्नु भयो ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख १६, २०७९, १४:१७:००