चरिकोट, २७ बैशाख
मौन अवधि सुरु हुन थालेपछि दोलखाका विभिन्न स्थानमा टाँगिएका विभिन्न राजनीतिक दलहरुले राखेका तुल, व्यानर, झण्डा निकाल्न सुरु गरिएको छ ।
सदरमुकाम चरिकोट लगायत जिल्लाको मैनापोखरी, जिरी, सिंगटीलगायतका ठाउँमा उम्मेदवारहरुले आफ्ना प्रचार सामग्री राखेका थिए ।
आज राति १२ बजेदेखि कुनै किसिमका प्रचारप्रसार गर्न नपाईने भएपछि त्यसअघिनै सुरक्षाकर्मीहरुले प्रचार सामग्री निकाल्न सुरु गरिएको हो । उम्मेदवारहरुले मतदातालगायत जनतालाई प्रभावित पार्नको लागि बजार, घर, टोल टोलमा व्यापक रुपमा झण्डा, व्यानर, पोष्टरिङ गरिएका थिए ।
सभा सम्मेलन गर्न नपाईनुको साथै गाडीमा कुनै पनि किसिमको चुनाव चिन्ह राखेर माईकिङ गर्न नपाइने भएपछि अहिले बजार सुनसान छ । उम्मेदवारहरु भने घरघरमै पुगेर मत मागिरहेका छन् ।
प्रकाशित मिति:
मंगलबार, वैशाख २७, २०७९, १६:१७:००