राजनीतिक दलहरुको गठबन्धनका कारण दोलखामा यस पटक पनि स्थानीय तहमा महिलाको प्रतिनिधित्व खुम्चिएको छ । जिल्लाका ९ वटा स्थानीय तह मध्य दुई वटा स्थानीय तहमा महिला प्रतिनिधित्व गुमेको छ ।
गठबन्धनले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उठाए पछि महिला सहभागिता खुम्चिएको हो । जिल्लाको कालिञ्चोक गाउँपालिका र गौरीशंकर गाउँपालिकाको प्रमुख र उप प्रमुख दुवै पदमा पुरुषको मात्र प्रतिनिधितव भएको छ । कालिञ्चोक गाउँपालिकामा गठबन्धनका नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा कुल बहादुर बुढाथोकी (रोशन) र नेकपा एमालेबाट कविता थामी चुनाी मैदान थिए । कविता थामी पराजित भएपछि अहिले कुल बहादुर बुढाथोकी उपाध्यक्ष हुनु भएको छ । त्यस्तै गौरीशंकर गाउँपालिकामा गठबन्धन अन्र्तगत नेपाली काँग्रेसबाट उपाध्यक्षमा श्याम सुन्दर तामाङ र नेकपा एमालेबाट मुना शिवाकोटी उमेदवार बनेका थिए । अहिले मुना शिवाकोटी पराजित भएपछि श्याम सुन्दर तामाङ उपाध्यक्ष हुन भएको छ ।
गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत जिल्लाको ९ वटै पालिकाको मतगणना सकिदा यस पटकको निर्वाचनमा दुई जना उपप्रमुख र पाँच जना महिला उपाध्यक्ष बनेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि दोलखामा ७ जना उपप्रमुख/उपाध्यक्ष र २ जना पुरुष उपाध्यक्ष चयन भएका थिए । त्यत्तिबेला पनि गठबन्धनकै कारण २ वटा पालिकामा महिलाको प्रतिनिधित्व हुन सकेको थिएन् ।
यस पटक पनि भीमेश्वर नगरपालिकामा कमला बस्नेत र जिरी नगरपालिकामा कृष्णमाया बुढाथोकी उपमेयरमा नेकपा एमालेबाट पुनः निर्वाचित हुनु भएको छ । उनीहरु दुवै जनाले यसअघि उपमेयरमा एक कार्यकाल काम गरिसकेका छन् । यस पटक गठबन्धन दलले पनि तामाकोशी गाउँपालिका र भीमेश्वर नगरपालिकामा महिला उपप्रमुख उम्मेदवार उठाएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा विगु र वैतेश्वर गाउँपालिकामा २ जना पुरुष उपाध्यक्ष विजयी भएका थिए । यस पटक भने नेकपा एमाले र नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार महिलाले विगु र वैतेश्वर दुवै पालिकामा विजयी भएका छन् । विगु गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी देविका थामी र वैतेश्वर गाउँपालिकामा नेपाली कांग्रेसकी कल्पना उप्रेती निर्वाचित हुनु भएको छ ।
नेपाली काँग्रेसबाट उपाध्यक्षमा उम्मेदवार बनेकी सिर्जना सुवेदीले तामाकोशी गाउँपालिकामा विजयी प्राप्त गर्नु भएको छ । मेलुङ गाउँपालिकाको उपाध्यक्षमा गायत्री आचार्य विजयी भएकी हुनु भएको छ । त्यस्तै शैलुङ गाउँपालिकाको उपाध्यक्षमा एमालेकै पार्वती थापाले निर्बाचित हुनु भएको छ । स्थानीय तह निर्वाचन २०७३ अन्तरगत स्थानीय तहको अध्यक्ष वा उपाध्यक्षमध्ये कुनै एक पदमा महिला अनिवार्य गरेको भए तापनि गठबन्धनमा पुरुषहरुकै हाबी भएको कारण महिलाले आफ्नो सिट गुमाउनु परेको हो । कतिपय अवस्थामा महिला उम्मेदवार कमजोर ठानिएका कारण पनि टिकट नदिएका हुन सक्छ । यदि जिल्ला समन्वय समितिमा गठबन्धन भयो पनि पुरुष हाबी हुनेछ ।
प्रकाशित मिति:
सोमबार, जेठ ९, २०७९, ०८:३४:००