चरिकोट, ३० जेठ
घरमा जडान गरिएको विद्युत सर्ट भई आगोलागी हुँदा दोलखामा एक बृद्धाको ज्यान गएको छ । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर १ ठाडेमा बिजुली सर्ट भई एक वृद्धाको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ८५ वर्षीया निदकुमारी मगर रहेको प्रहरीले जनाएको छ ।
झ्यालढोका थुनेर सुतेकी मगरको सोमबार बिहान विद्युत् सर्ट भएर लागेको आगोलागीका कारण निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीेले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, जेठ ३०, २०७९, १४:१८:००