जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनका उम्मेदवार बर्जुराम घतानी विजयइ भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी जिल्ला समन्वय समितिका प्रमुखमा विजयी भएका हुन् ।
बुधबार सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा १८ मत रहेकोमा घतानीले ११ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ऋषिकेश उप्रेतीले ७ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा विजयी भए । उनले ११ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७ मत पाईन् ।
विजय भएका सदस्यहरूमा नेपाली कांग्रेसका निलम ठकुरी, अनिल तामाङ, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा, टसी शेर्पा, कल्पना थामी र कृष्ण श्रेष्ठ हुन् । जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन र एमाले एक्लै प्रतिस्पर्धा भएको हो ।
प्रकाशित मिति:
बिहीबार, असार २, २०७९, ०७:५४:००