जनताको ढाड सेक्ने गरी दिनप्रति मूल्य वृद्धि गरिएको भन्दै चरिकोटमा राँके जुलुस प्रदर्शन गरिएको छ । अहिलेको गठबन्धन सरकारले जनतालाई राहत दिनुपर्ने ठाउँमा मूल्य वृद्धि मात्र गरिएकाले त्यसको विरुद्ध राँके जुलुस निकाएको हो ।
अनेरास्ववियू र युवा संघको संयुक्त आयोजनामा राँके जुलुस निकालिएको थियो । नेकपा एमाले दोलखाको पार्टी कार्यालयबाट निकाएको राँके जुलुस बजार परिक्रमा गरिएको थियो । २ दिन अघिमात्र सरकारले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको थियो । स्थानीय तहको चुनावपछि मात्र ४ पटक मूल्य वृद्धि गरेको छ ।
जुलुसपछि सातदोबाटो चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा नेकपा एमाले भीमेश्वर नगर कमिटिका अध्यक्ष ज्ञानेन्द्र प्रधान, अनेरास्ववियू केन्द्रीय कमिटि सचिवालय सदस्य शक्ति पाठक र अनेरास्ववियू जिल्ला कमिटी दोलखाका अध्यक्ष राजकुमार ढुंगेलले धारणा राखिएको थियो । जबसम्म सरकारले मूल्य वृद्धि फिर्ता लिदैनन् तबसम्म आन्दोलन जारी राख्ने युवा संघ दोलखाका सरोज बस्नेतले बताउनुभयो ।
प्रकाशित मिति:
मंगलबार, असार ७, २०७९, २०:००:००