चरिकोट, २३ साउन
भीमेश्वर नगरपालिका–३ मा निर्माण गरिएको रिचार्ज पोखरी फुटे पछि आएको बाढीले भीमेश्वन ३ का केही घरहरुमा क्षति गरेको छ । आइतबार राति बाढी आएलगत्तै स्थानीय वासिन्दा घर छाडेका सुरक्षित स्थानमा भागेका थिए ।
दोलखा सदरमुकाम चरिकोट नजिकै मऱ्याङ खोलाले आएबो बाढी बस्तीमा पसेपछि १० भन्दा बढी घर भन्दा बढी भरमा क्षति पुर्याएको छ । आइतबार दिउँसो र राती अविरल वर्षासँगै माथिल्लो क्षेत्रको खोरथली सामुदायिक वनमा रहेको रिचार्ज पोखरी फुटेर मऱ्याङ खोलामा बाढी आएको हो । भीमेश्वर नगरपालिका–२ र ३ जोड्ने सो खोलामा आएको बाढी चरिकोट दोलखा सडक खण्ड अबरुद्ध गरेको थियो । अबरुद्ध सडक खण्ड भने प्रहरी र स्थानीयले खुलाएका छन् ।
बाढी सहितको मऱ्याङ खोलाले कटान गरेपछि केही घर हरु उच्च घरहरु जोखिममा परेका छन् । बाढीले गरेको क्षतिको विस्तृत विवरण संकलन कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, साउन २३, २०७९, ०८:२९:००