दोलखाको पर्यटन प्रवद्र्धनको लागि ७ दिने महोत्सव आयोजना गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्श दोलखा शाखाले फागुन २१ देखि २७ गतेसम्म दोलखा महोत्सव आयोजना गर्न लागेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई दोलखा भित्राएर खस्कदो आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यले ७ दिनसम्म महोत्सव आयोजना गर्न लागेको जनाएको छ । नेपाल चेम्बर अफ कमर्श दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले कोभिड १९ ले थलिएको व्यापार व्यवसायलाई चलाएमान बनाउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
आज पत्रकार भेटघाट कार्यक्रममा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएका हुन् । महोत्सवमा विशेष गरी दोलखामा उत्पादन हुने कृषिजन्य उपजलाई प्राथमिकता दिने छ । सदरमुकाम चरिकोटको टुडिखेलमा हुने महोत्वमा सबै पालिकालाई आग्रह गरी सय वटा स्टलहरु राखिने श्रेष्ठले जानकारी दिए । सांस्कृतिक कार्यक्रमको साथै स्थानीयले उत्पादन गरेका औद्योागिक तथा कृषि सामग्रीहरु प्रदर्शनीमा राखिने भएको छ ।
प्रकाशित मिति:
बिहीबार, पुस २८, २०७९, १६:४६:००