दोलखाको जुँगुमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गौरीशंकर गाउँपालिका वडा २ जुँगुमा गौरीशंकर गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा शिविर आयोजना गरिएको थियो ।
शिविरमा वडा नं. २ र १ का आँखाका बिरामीहरुले आँखा परीक्षण गरेका थिए । निशुल्क आँखा शिविरमा १६७ जनाले लाभ लिएको वडा नं. २ का वडाअध्यक्ष रोहित बुुढाथोकीले जानकारी दिनु भयो ।
आँखा शिविर सफल पार्नको लागि स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गौरीशंकर गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष रोहित बुढाथोकी, वडा नं. १ वडाअध्यक्ष प्रकाश खड्का र वडासचिवहरुको महत्वपूर्ण भूमिका रहेका थिए ।
प्रकाशित मिति:
बिहीबार, माघ ५, २०७९, ११:५०:००