चरिकोट, ११ माघ
तामाङहरुको महान पर्व सोनाम ल्होछार भव्य रुपमा मनाइ
एको छ । विगु गाउँपालिका वडा नं. ३ स्थित बुलुङमा २८५९ औं तावर ल्होछार मनाइएकोको हो । सोनाम ल्होछार माघ ८ गते भए तापनि यस गाउँमा दुई दिनपछि ल्होछार मनाइयो ।
बुलुङ तामाङ समाजका अध्यक्ष ग्याल्बो तामाङको अध्यक्षता अनि विगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामीको प्रमुख आतिथ्यतामा ल्होछार कार्यक्रम भएको थियो । कार्यक्रम उद्घाटन सत्रमा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, विगु गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष ढाल बहादुर तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका केही झलकहरु जीवन लामाले क्यामेरामा कैद गर्नु भएको छ । 




प्रकाशित मिति:
बुधबार, माघ ११, २०७९, १८:२७:००