आदर्श पुरुष तथा पूर्वमन्त्री स्वर्गीय भीम बहादुर तामाङको स्मृतिमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ । दोलखा चेस होम नेपालको आयोजनामा २०८० साल जेठ ५ देखि ९ गतेसम्म हुने प्रतियोगितामा नेपाल लगायत अन्य विभिन्न देशका खेलाडीहरु सहभागी हुनेछन् ।
खेलमार्फत दोलखाको पर्यटन प्रवद्र्धन, आर्थिक विकास र असल नेता भीम बहादुर तामाङको सम्झना दिलाउन बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनु भयो ।
अन्तराष्ट्रिय चेस प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलन दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्द श्रेष्ठको अध्यक्षता र भीम बहादुर तामाङ स्मृति प्रतिष्ठानका अध्यक्ष वर्मा लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत र दोलखा जिल्ला बुद्धिचाल संघका कोषाध्यक्ष पुष्पक केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति:
मंगलबार, फागुन ९, २०७९, १०:४७:००