चरिकोट, १८ फागुन
नयाँ राष्ट्रपति चुनावको माहोल तातिरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारी आज दोलखा आउनु हुने भएको छ । टुकी प्रदर्शनी कार्यक्रममा सहभागी हुनाको साथै प्रसिद्ध दोलखा भीमेश्वरको दर्शनका लागि आज विहान राष्ट्रपति दोलखा आउनु हुने भएको हो । राष्ट्रपति दोलखा आउनु हुने भए अहिले सदरमुकाम चरिकोट आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राष्ट्रपति भण्डारी दोलखा भिमेश्वर मन्दिरको दर्शन पछि टुकी प्रदर्शनी कार्यक्रममा सहभागिताका हुने कार्यतालिका रहेको छ ।राष्ट्रपति विहान ९ः३० बजे चरिकोटस्थित नेपाली सेनाको तारादल गणमा हेलिकप्टरमार्फत अवतरण गर्ने र चरिकोटबाट गाडीमार्फत दोलखा भीमेश्वरको मन्दिरमा पुगेर करिब ४५ मिटेट पूजा सहित मन्दिर दर्शन गर्ने र मन्दिरबाट फर्किएर ग्रामीण विकास टुकी सङ्घ दोलखा र सुनकोशी टुकी सङ्घ सुनकोसी सिन्धुपाल्चोकले संयुक्त रुपमा आयोजना गरेको टुकी प्रदर्शनी कार्यक्रम २०७९ मा सहभागि हुने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति:
बिहीबार, फागुन १८, २०७९, ०७:५७:००