युवा व्यवसायी शान्त कुमार जिरेलले आफ्नो जन्म दिनको अवसरमा खाद्यन्न सहयोग गरेका छन् । चरिकोटमा रहेको होटल किस्मतका सञ्चालक तथा युवा व्यवसायी शान्त कुमार जिरेलले आवाज नेपाललाई खाद्यन्न सहयोग गरेका हुन् ।
जिरेलले आज आवाज नेपालका अध्यक्ष सिर्जना कार्कीलाई खाद्यन्न लगायत स्टेशनरी प्रदान गरिएको बताउनु भयो । चार बोरा चामल, तीन केजी दाल, पाँच पकेट नून, एक बक्स खानेतेल, ३ सय प्रति कपी र नगद पाँच हजार सहयोग गरिएको जिरेलले बताउनु भयो ।
जन्म दिनको अवसरमा जिरेलले विभिन्न रचनात्मक कार्य र सहयोग गर्दै आएका छन् । यसअघि नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माण गर्नको लागि आर्थिक सहयोग गरेका थिए । त्यस्तै गतवर्ष जन्म दिनकै अवसरमा किस्मत नाम आत्मकथा/जीवनी पुस्तक प्रकाशन गरेका थिए ।
प्रकाशित मिति:
सोमबार, फागुन २२, २०७९, १४:५९:००