नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति दोलखाको जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा गोविन्द नारायण मानन्धर चयन हुनुभएको छ । हिजो सम्पन्न ९ आंैं जिल्ला अधिवेशनले नेतृत्व चयन गर्न नसकेपछि आज घोषणा गरिएको हो । अध्यक्ष पदमा धेरैले दावी गरेपछि सर्वसम्मत हुन सकेको थिएन । आज पुनः मानन्धरलाई नै अध्यक्षमा दोहोर्याएको जनाएको छ । त्यस्तै उपाध्यक्षमा गीताकृष्ण शर्मा लगायत अन्य पदहरुमा सर्वसम्मत रुपमा घोषणा गरिएको छ ।
प्रकाशित मिति:
आइतबार, फागुन २८, २०७९, १८:१६:००