प्राकृतिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको जिल्ला हुँदाहुँदै पनि प्रचारको कारण पछि परेको सभामुख भुवन पाठकले बताउनु भयो । आज दोलखा महोत्सव २०७९ को समापन समारोहलाई सम्वोधन गर्दै बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले उक्त कुरा बताउनु भएको हो । दोलखामा रहेका कालिञ्चोक, भीमेश्वर, शैलुङ, विगु गुम्बा र लप्ची गुम्बालगायत ऐतिहासिक स्थलहरुको प्रचार प्रसारमा कमि भएकै कारण पछि परेको जानकारी दिनु भयो । प्राकृतिक सुन्दरताले भरिएको स्थानहरुमध्ये दोलखानै उत्कृष्ट जिल्ला रहेको सभामुख पाठकले बताउनु भयो ।
दोलखा चेम्वर अफ कमर्शले आयोजना गरिएको महोत्सव आजसम्म सञ्चालन भएको थियो । १० दिनसम्म सञ्चालित महोत्सवमा ४ करोडको कारोवार ५० हजारभन्दा बढीले महोत्सव अवलोकन गरिएको आयोजकले जनाएको छ ।
महोत्सव समापन समारोह दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा र बागमती प्रदेश सभाका सभामुख भुवन पाठकको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तै समापन समारोहमा बागमती प्रदेशका पर्यटन, उद्योग, सहकारी पूर्वमन्त्री डम्वर तामाङ, बागमती प्रदेश सभा सदस्य मोनिका श्रेष्ठ, जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, नेकपा एमाले दोलखाका नविन लामा, नेकपा माओवादी केन्द्रका भीम श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पूर्ण बहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजन बहादुर शिवाकोटी, कमर्शका वरिष्ठ उपाध्यक्ष विरशंकर शाही र उपाध्यक्ष रुद्र जंग बुढाथोकी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति:
आइतबार, फागुन २८, २०७९, १८:३२:००