खेन्पो ङोडुप लामाको पहलमा लाप्चीमा डेढ किलोमिटर पदमार्ग निर्माण गरेका छन् । विगु गाउँपालिका वडा नं. १ लामाबगर लाप्चीमा रहेको ऐतिहासिक दोर्जे गुम्बाका खेन्पो ङोडुप लामाले विभिन्न व्यक्ति, संघसंस्थाहरुबाट सहयोग जुटाएर लगभग डेढ किलोमिटर पदमार्ग निर्माण गरिएको बताउनु भयो ।
लाप्चीगुम्बाको भित्ता रेक्जेङगुम्बादेखि सिबुकसम्म उक्त पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्यपर्यटकहरु भीरमा रहेको मिलारेपाको पाइला र सिबुककुण्ड हेर्न जानेहरु धेरै भएकाले पदमार्ग निर्माण गरेका हुन् । उनले आफ्नै पहलमा विभिन्न निकाय र व्यक्तिगतसँग लगभग १९ लाख रकम जुटाएर पदमार्ग निर्माण गरेका हुन् ।
पदमार्ग निर्माण गरेपछि अहिले रातदिन हिड्नको लागि सहज भएको छ । यस पदमार्गहुँदै भीरमा निर्माण गरिएको गुम्बाहरुमा ध्यान गर्न जाने गर्छन । यहाँ रहेका विभिन्न गुम्बाहरुमा अहिले ३५ जनाभन्दा बढी लामा तथा ध्यानकर्ताहरु तीन महिनादेखि तीन वर्षसम्मका लागि ध्यानमा बसेका छन् ।
प्रकाशित मिति:
शनिबार, वैशाख ३०, २०८०, ०७:१९:००