दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालान तथा चर्नावती त्रिवेणी रामघाट धामलाई धार्मीक पर्यटकीय स्थानको रुपमा विकास गर्ने उद्धेश्यले सुरु गरिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा हालसम्म ७२ लाख ६३ हजार १ सय ८३ रुपैयाँ रकम प्राप्त भएको छ ।
महायज्ञ १९ लाख ३ हजार १ सय ८३ रुपैयाँ नगद संकलन भएको छ । जेठ ७ गतेबाट सुरु भएको महायज्ञमा तीन दिनको अवधिमा मात्रै नगदनै १९ लाख ३ हजार १ सय ८३ रुपैयाँ रकम संकलन भएको छ भने विभिन्न व्यक्ति तथा संस्थाहरुबाट ५३ लाख रुपैयाँ रकम दिने प्रतिवद्धतासहित उक्त अवधिमा मात्रै ७२ लाख ६३ हजार १ सय ८३ रुपैयाँ रकम संकलन हुने भएको चर्णावती त्रिवेणी विकास तथा प्रवर्द्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
महायज्ञमा वैतेश्वर गाउँपालिका १५ लाख ६० हजार, शैलुङ गाउँपालिका १५ लाख र मेलुङ गाउँपालिकाले १० लाख रुपैयाँ रकम अक्षयकोषमा राख्ने घोषण गरेका छन् । त्यसैगरी दोलखाको भीमेश्वर नगरपालिकाका समाजसेवी प्रभुराम श्रेष्ठले ११ लाख रुपैयाँ र पर्यटन संस्कृति तथा नागरिक उड्यायन पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलद्धारा १ लाख रुपैयाँ र सूचना सञ्चार तथा प्रविधि पूर्वमन्त्री पार्वत गुरुङमार्फत मकरमाया जितु प्रतिष्ठानको तर्र्फ १ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति:
बिहीबार, जेठ ११, २०८०, १३:११:००