युवाहरुलाई सामाजिक कार्यमा उत्साहित बनाउनको लागि एक दिने स्वयमसेवक तालिम सम्पन्न भएको छ । जिल्ला युवा समिति दोलखाले विभिन्न क्षेत्रमा आवद्ध युवाहरुलाई तालिम आयोजना गरिएको थियो ।
प्रदेश युवा स्वयमसेवक तालिममार्फत दोलखामा विपद्, महामारीको बेलामा स्वतस्फूर्त रुपमा काम गर्न उत्प्रेरित गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुु भयो । तालिममा स्काउट, रेडक्रस, पत्रकार, संघसंस्थामा आवद्ध २० जना युवाहरुलाई तालिम प्रदान गरिएको अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुुभयो । तालिम पत्रकारद्धय दीपशंकर चौलागाई र जीवन लामाले सहजीकरण गर्नुभएको थियो ।
तालिम उदघाटन समितिका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा र जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तै प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, संस्कृतिविद शान्तकृष्ण श्रेष्ठ, स्काउट दोलखाका ध्रुुव खड्का र योगदान राष्ट्रको लागि जिल्ला शाखा दोलखाका राजु थापालगायतले शुुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति:
शनिबार, असार १८, २०७९, १८:५३:००