दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रमको पहिलो दिननै ६ लाख ८२ हजार ७ सय १५ रुपैयाँ रकम नगद आर्थिक संकलन भएको छ ।
महायज्ञको पहिलो दिनमा सबै भन्दा बढि दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ का समाजसेवी सोवित उप्रेतीले ३ लाख रुपैयाँ प्रदान गर्नु भएको चर्णावती त्रिवेणी विकास तथा प्रवद्र्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार उप्रेतीलाई महायज्ञको अवसरमा सम्मान समेत गरिएको थियो ।
त्यसैगरी महायज्ञको पहिलो दिनमानै शैलुङ गाउँपालिका वडा नम्वर ७ मा रहेको भद्रेश्वर कृषि सहकारी संस्थाले १ लाख १ हजार १ सय रुपैयाँ रकम सहयोग गरेको छ भने राप्रापका केन्द्रिय सदस्य प्रविण कुमार थोकरले १ लाख १ हजार रकम प्रदान गर्नुभएको छ । पहिलो दिननै ६ लाख ८२ हजार ७ सय १५ रुपैयाँ रकम संकलन भएको हो । जिल्ला शैलुङ गाउँपालिकाले १५ लाख रुपैयाँ रकम दिने घोषण गरेको छ । पालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले महायज्ञको उदघाटन कार्यक्रमको अवसरमा १५ लाख रुपैयाँ रकम अक्षयकोषमा राख्ने घोषण गर्नुभएको हो । त्यसैगरी मेलुङ गाउँपालिकाले जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि अक्षयकोषमा १० लाख रुपैयाँ प्रदान गर्ने घोषण गरेको छ । जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा १० लाख रुपैयाँ रकम अक्षयकोषमा राख्ने मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तामाङले घोषण गर्नुभएको छ ।
प्रकाशित मिति:
सोमबार, जेठ ८, २०८०, १२:१५:००