चरिकोट, २ भदौ
अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ, दोलखाको सामाजिक परिक्षण कार्यक्रम बुधबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । सामाजिक परिक्षण कार्यक्रममा संघले ह्याण्डीकाप इन्टरनेशनल नेपाल संघको साझेदारीमा सञ्चालन गर्दै आएको समावेशी तथा समग्र दृष्टिकोणद्धारा गुणस्तरिय स्वास्थ्य, शिक्षा तथा जिविकोपार्जन सेवामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा वृद्धि परियोजना र संस्थाद्धारा सञ्चालित अन्य गतिविधिको बारेमा छलफल भएको थियो ।
सामाजिक परिक्षण कार्यक्रम अन्तरगत सरोकारवाला निकाय र लाभान्वित समुदाय विच प्रारम्भिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा संस्थाले सन् २०१८ देखी हाल सम्म सञ्चालन गरेको गतिविधिले पारेको प्रभाव सार्वजनिकरण गरिएको थियो । संघका अध्यक्ष रामकृष्ण तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक परिक्षणका सहजकर्ता शेरबहादुर भुजेलले प्राराम्भिक प्रतिवेदन सरोकारवाला समक्ष प्रस्तुतिकरण गर्नु भएको थियो ।
सो अवसरमा भुजेलले संस्थाले मुख्य गरी अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गर्ने, स्वास्थ्य उपचार सेवा, फिजियोथेरापी सेवा र आयआर्जनमा सहयोग पुग्ने गतिविधि सञ्चालन गरेको जानकारी दिनु भयो । यसै गरी संस्थाले भिमेश्वर र जिरी नगरपालिका सँगको सहकार्यमा नीति निर्माण प्रक्रियामा सहजीरकण गरेको कार्यक्रममा जानकारी गराईयो । कार्यक्रममा संस्थाले भीमेश्वर र जिरी नगरपालिका सहित, मेलुङ र शैलुङ गाउँपालिका समुदायमा आधारित पुनस्र्थापना (सिविआर) र सहयोग कार्यक्रम समेत सञ्चालन गरेको जानकारी गराइयो ।
सामाजिक परिक्षण कार्यक्रममा संघले ह्याण्डीकाप इन्टरनेशनल नेपाल संघको साझेदारीमा जिरी र भीमेश्वर नगरपालिकामा सञ्चालन गर्दै आएको समावेशी तथा समग्र दृष्टिकोणद्धारा गुणस्तरिय स्वास्थ्य, शिक्षा तथा जिविकोपार्जन सेवामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा वृद्धि परियोजना मार्फत सञ्चालन भईरहेको फिजियोथेपारी कार्यक्रमलाई परियोजना पश्चात पछि निरन्तरता दिनु पर्नेमा सरोकारवालाले जोड दिएका थिए ।
कार्यक्रममा जिरी नगरपालिकाका मेयर मित्र जिरेलले जिरी अस्पतालमा सञ्चालित फिजियोथेरापी कार्यक्रम प्रभावकारी भएकोले यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । जिरी अस्पतालमा दैनिक १५ देखी २० जनाले सेवा लिने गरेको हुँदा परियोजना पछि पनि फिजियोथेरापी सेवालाई भने निरन्तर गर्नु पर्ने जिरेलले जोड दिनु भयो । यसै गरी पुशपति चौलागाँई स्मृति अस्पताल चरिकोटमा प्रमुख डाक्टर बिनोद दंगालले पनि सामान्य चिकिस्सा सँगै फिजियोथेरापी पनि अति आवश्यक उपचार पद्धती भएकोले यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।
अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघका अध्यक्ष रामकृष्ण तामाङले जिल्ला बहिरा विद्यालय र बेलपिलीमा अध्यापन हुने विद्यालय भएको तर आपाङ्ता भएका व्यक्रिहरुको लागि बैद्धिक विद्यालय अति आवश्यक रहेको बताउँनु सो अवसरमा वहाँले संस्थाले सञ्चानल गरेको परियोजनाले विशेषगरी अपाङ्गता भएका महिला र बालवालिकाहरुलाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गरेको बताउँनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख बज्रुराम घतानीले सामाजिक संघ संस्थाहरुले अब आत्मनिर्भरता तर्फ काम गर्नु पर्ने र उत्पादनका कार्यमा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले संस्थाले सञ्चालन गरेको कार्यक्रमहरु पारदर्शी भएको अपाङ्गता व्यक्तिहरुलाई फाइदा पुगेको बताउनु भयो । कार्यक्रमका शैलुङ गाउँपालिकाकी अपाध्यक्ष पावर्ती कार्कीले सञ्चालित कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको लागि राहत पुगेको बताउँनु भयो ।
कार्यक्रममा ह्याण्डीकाप इन्टरनेशनल नेपालका राजन रेग्मी, संघका सचिव मखन पाण्डे, जिल्ला कार्यक्रम संयोजक फणिन्द्र चौलागाई, लेखा अधिकृत कैलाश बुढाथोकी लगायत केही लाभग्राहीहरुलले मन्तव्य राख्नु भएको थियो ।