राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुलनाराका हरेक साताको शनिबार निरन्तर संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानको ५५० औं शृङ्खला,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा गुह्येश्वरीमा भव्यताकासाथ सम्पन्न भएको छ । महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार सो महाअभियानमा पशुपति विकास कोषका सदस्य सचिव राजु के.सी. सिज्यु,अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति अध्यक्ष उद्धव तिमल्सिना,नेपाल सरकारका पूर्वमुख्यसचिव एवं प्रमुख अभियन्ता लीलामणि पौंडेल, आयोजना प्रमुख चक्रवर्ति कन्ठ, कोषका पदाधिकारी,कोषका कर्मचारी,समितिका कर्मचारी,कामनपा-११ वडाध्यक्ष हिरालाल तण्डुकार,वाग्मती माथिल्लो भेग सरसफाइ अभियान संयोजक उत्तम पुडासैनी,उपसंयोजक ईश्वर पुडासैनी,तिलगंगा महिला समूह संयोजक आशा पाण्डे,सुन्दरीघाट वाग्मती सरसफाइ अभियान संयोजक चित्रबहादुर सुनुवार, दोभान महिला सरसफाइ अभियान संयोजक,फोहर मैला व्यवस्थापन संघ केन्द्रीय अध्यक्ष ध्रुव आचार्य,बिष्णुमती सरसफाइ अभियान संयोजक शोभाकान्त पाण्डेया,बिष्णुमती माथिल्लो भेक सरसफाइ अभियान संयोजक राजकुमार श्रेष्ठ,रुद्रमती सरसफाइ अभियान उपाध्यक्ष रोहित गिरी,चक्रपथ उत्तरी खण्ड सरसफाइ अभियान संयोजक लोकबहादुर टन्डन,चक्रपथ पश्चिम खण्ड सरसफाइ अभियान संयोजक ताराबहादुर कुँवर,मनोहरा सरसफाइ अभियान उप संयोजक नारायण गिरी,दुई घण्टे हनुमन्ते सरसफाइ अभियान सचिव गोबिन्द आचार्य,जीवन विज्ञानका प्रतिनिधि रामप्रसाद पन्थी, गोदावरी सरसफाइ अभियान संयोजक बेबि राजभण्डारी,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,स्थानीय वासिन्दाहरुको व्यापक सहभागितामा संकलित फोहोरको व्यवस्थापन,काठमाडौं महानगरपालिका,वातावरण तथा कृषि विभाग,टेकु,काठमाडौंले गरेको ,कार्यक्रमको संचालन अभियन्ता चक्रबहादुर चन्दले,औपचारिक कार्यक्रममा विभिन्न वक्ताहरुद्धारा मन्तव्य व्यक्त र अभियन्ता कन्चन राउतले प्रदान गर्नु भएको एभाकाडोको बिरुवा मन्त्री किराँती लगायतका विशिष्ट व्यक्तित्वहरुले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुह्येश्वरी हाताभित्र वृक्षारोपण गरिएको जनाएका छन् ।