विभिन्न कार्यक्रम आयोजना गरी चरिकोटमा १७ औं गणतन्त्र दिवस मनाईएको छ । जिल्ला समन्वय समिति दोलखाको आयोजनामा सदरमुकाम चरिकोटमा गणतन्त्र दिवस मनाइएको हो । २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
![](https://edainikkhabar.com/uploads/editor/2024-05-28/042135112428491308_487018093895913_1186844153016110343_n.jpg)
दिवसकै अवसरमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, स्काउट, शिक्षक, विद्यार्थी, सहकारी, विभिन्न संघसंस्था, निकायका व्यक्तिहरुको उपस्थितिमा सातदोबाटो चोकबाट बाजागाजासहित र्यालीले बजार परिक्रममा गरिएको थियो । उक्त र्याली पुनःसातदोबाटो चोकमा कोणमा परिणत भई जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले सम्बोधन गरिएको थियो ।
![](https://edainikkhabar.com/uploads/editor/2024-05-28/042147828444215202_487018117229244_47040857651512688_n.jpg)
गणतन्त्र दिवसको अवसरमा सरकारले जेठ १४, १५ र १६ गते तीन दिनसम्म दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । २०६३ साल जेठ ४ गते बसेको पुनःस्थापित संसदले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।
![](https://edainikkhabar.com/uploads/editor/2024-05-28/042204863444225093_487018130562576_2809915294920013863_n.jpg)
२०६४ साल चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो ।