चरिकोट, २९ चैत्र
दोलखा पवटी घर भएका कलाबार रामबाबुको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । अञ्जु पन्तको स्वरमा रहेको गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । गीतमा मुख्य भूमिका कलाकार रामबाबुको रहेको छ ।
सभै लोको शब्द, लालकुमार बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा रामबाबु र गीता ढुंगानाको अभिनय रहेको छ ।जितु तामाङको छायाँकन रहेको भिडियोमा विकास दुलालको सम्पादन छ ।
गीतको भिडियोमा रामबाबु र गीता ढुंगानाको अभिनय रहेको छ
चलचित्रमा अभिनयबाट दर्शकको माया बटुल्न सफल रामबाबु पछिल्लो समय बाक्लै म्युजिक भिडियोमा देखिन थाल्नु भएको छ । हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता र दर्शकमाझ आएको भन्दै सबैले मन पराउने आशा रहेको कलाकार रामबाबुले बताउँनु भयो ।
प्रकाशित मिति:
आइतबार, चैत २९, २०७७, १३:१५:००