चरिकोट, २० चैत्र
बालबालिकाहरुलाई सानै उमेरदेखि सीपप्रति अभिप्रेरित गर्ने उद्धेश्यले २ दिने भित्ते पत्रिका र सिजर्ननात्मक लेखन तालिम सम्पन्न भएको छ । विद्यालयस्तरबाटै केही सीप, ज्ञान प्रदान गर्नको लागि भित्ते पत्रिका प्रकाशनले विद्यार्थीहरुमा क्षमता विकास हुने सिविन नेपाल दोलखाका बाल संरक्षण अधिकृत सन्तोष विमलीले जानकारी दिनुभयो । तालिम ग्रामीण विकास टुकी संघ÷सिविनको आयोजनामा सञ्चालन भएको थियो ।

शान्ति आदर्श मावि लादुकमा सञ्चालित तालिममा ३१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुद्धारा मासिक रुपमा भित्तेपत्रिका प्रकाशन गर्नाले समाजमा भएका सकारात्मक गतिविधिहरु बाहिर ल्याउन सजिलो हुने भएकाले तालिमले टेवा पुग्ने छ । तालिमको पत्रकार जीवन लामा र सिविन दोलखाका शिक्षा तथा सामाजिक अधिकृत विष्णु सुवेदीले सहजीकरण गर्नु भएको थियो ।
तालिम उद्घाटन कार्यक्रम जनजागृति बाल क्लवका अध्यक्ष सन्तोष मगरको अध्यक्षतामा भएको थियो । तालिममा नेपाल पत्रकार महासंघ दोलखाका पूर्वअध्यक्ष जीवन लामा, ग्रामीण विकास टुसी संघ दोलखाका रामचन्द्र सिंह श्रेष्ठ र शान्ति आदर्श मावि दोलखाका प्रधानाध्यापक उपेन्द्र बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति:
आइतबार, चैत २०, २०७८, १०:४८:००