नेकपा एमाले गौरीशंकर संगठन कमिटीको आगामी बैठक च्छोरोल्पामा बस्ने भएको छ । २०८० साल बैशाख १ गते च्छोरोल्पामा बैठक बस्ने निर्णय गरिएको संगठन कमिटीका अध्यक्ष जंग बहादुर गुरुङले बताउनु भयो ।
गौरीशंकर गाउँपालिका वडा नं. ९ मा अवस्थित दक्षिण एसियाकै अग्लो स्थानमा रहेको हिमताल च्छोरोल्पा र रोल्वालिङ क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनको लागि पार्टीको बैठक बस्ने निर्णय संगठन कार्यसमितिको नवौं बैठकले पारित गरिएको छ ।
च्छोरोल्पा हिमताल, दूधकुण्ड, यलुङपास र टासीलाप्चा पासहुँदै सोलु जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि आएको छ । पछिल्लो समयमा दोलखा घुम्न आउने पर्यटकको लागि च्छोरोल्पा पहिलो रोजाईमा पर्दछ । यस क्षेत्रको विकास र प्रवद्र्धनको लागि पार्टीको बैठकले अझ थप टेवा पुग्ने पार्टी अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
प्रकाशित मिति:
आइतबार, माघ ८, २०७९, १२:५२:००