प्रेस चौतारी दोलखाको अध्यक्षमा श्रृजन कुमार घिमिरे चयन हुनुभएको छ । आज सम्पन्न प्रेस चौतारी नेपाल दोलखा जिल्ला शाखाको अध्यक्षमा घिमिरे चयन हुनुभएको हो । सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनबाट घिमिरेको अध्यक्षमा १० सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

उपाध्यक्षद्धय अर्जुन तामाङ र लाक्पाली शेर्पा, सचिव गणेश बुढाथोकी, सहसचिवद्धय प्रकाश बस्नेत, सुजन थामी र कोषाध्यक्षमा फुर्वा तामाङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मुना गुरुङ, देवराज मगर र प्रदिप सेन्चुरी चयन भएको निर्वाचन समितिका नवराज पथिकले जानकारी दिनुभयो । फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने १० औं महाधिवेशनको लागि दोलखाबाट केन्द्रीय प्रतिनिधिहरु प्रभु जिरेल, महेन्द्र श्रेष्ठ र शर्मिला बुढाथोकी चयन हुनुभएका छन् । प्रदेश प्रतिनिधिहरु तारा बहादुर महत, उषा तामाङ र तारादेवी बस्नेत चयन हुनुभएको निर्वाचन समितिले जानकारी दिए ।
उद्घाटन समारोह प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षता र सूचना तथा सञ्चार पूर्वमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, प्रचार विभाग प्रमुख हरि ओली, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, जिरी नगरपालिका नगरप्रमुख मित्र बहादुर जिरेल, नेपाल पत्रकार महासंघका सदस्यद्धय नवराज पथिक, लक्ष्मण थामी, प्रेस चौतारी बागमती प्रदेश समितिका महासचिव प्रकाश दाहाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दिपक अर्याल, प्रेस यूनियन दोलखाका अध्यक्ष सुजन काफ्ले, प्रेस सेन्टर दोलखाका सचिव गोविन्द थामी, प्रेस चौतारीका पूर्वअध्यक्ष रोहित खड्का र पत्रकार दिपशंकर चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको सचिव तारा बहादुर महतले जानकारी दिनुभयो । अधिवेशनकै अवसरमा कमल चौतारी नामक स्मारिका विमोचन गरिएको थियो ।