आगामी आर्थिक वर्षको बजेट विनियोजनको संघारमै रहेका स्थानीय तहका जनप्रतिनिधिलाई यतिबेला नागरिकका वर्ष भरिका योजना तथा मागहरु सुन्न भ्याई नभ्याई छ । त्यसै मध्येकी एक जना जनप्रतिनिधि हुनुहुन्छ, दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ की महिला वडा सदस्य यकमाया भुजेल । बस्तीस्तर देखिका योजना छनोट सहित नागरिकका मागका आधारमा वडादेखि नगरसम्म पुगेर विनियोजन हुने बजेटको उक्त कार्यको लागि हिजोआज निकै चटारो महिला सदस्यलाई पनि छ ।
हुन त नेपालको संविधान २०७२ अनुरूप स्थापित स्थानीय तह सरकारको दोस्रो कार्यकालको लागि २०७९ को स्थानीय तहको महिला वडा सदस्यमा निर्वाचित भए देखिनै उहाँको दैनिकीमा परिवर्तन आएको छ । जीवनकै पहिलो पटक निर्वाचनमा नेकपा एमालेबाट प्रतिस्पर्धी बन्दा सफलता हात लाग्यो । महिला सदस्यमा निर्वाचित हुनु अघि उहाँको दैनिकी खेती किसान र घरायसी काम, कहिले काहिँ वडाका केहि कार्यक्रममा पुगेर बित्ने गरेको थियो । तर महिला सदस्यमा निर्वाचित भएपछि भने, उहाँको जिम्मेवारी घरदेखि वडा कार्यालय र नागरिकको सेवामा बित्ने गरेको छ । बिहानै घरको जिम्मेवारी पूूरा गरेर नागरिकको सेवामा तल्लिन हुनु उहाँको दैनिकी बनेको छ । केहि समय अघिबाट उहाँले होटल व्यवसाय पनि संञ्चालन गरेका कारण फुर्सदको समयमा श्रीमानलाई होटलमा सघाउनु हुन्छ । त्यस बाहेकको समय उहाँको वडा र नागरिकको घरदैलो, गुनासो, लगायतका काममा वित्छ । महिलाको समान अस्तित्व र भूमिकालाई भावनात्मक रुपमा घरदेखि बाहिरसम्म स्वीकार्ने वातावरण बनाउँदा आशाको किरण र विश्वास उहाँमा पलाएको छ । जब कि, मौका दियो भने महिलाले पनि स्थानीय तहको नेतृत्व निष्ठा र ईमान्दारीपूर्वक निर्वाह गर्न सक्छन् । नेपालमा पछिल्ला वर्षहरुमा समाजका हरेक क्षेत्रमा महिला सहभागिता उल्लेख्य रुपमा बढ्दै गएको देख्न सकिन्छ । राजनीतिमा पनि महिलाहरुले बलियो उपस्थिति देखाउन थालेका छन् यहि सहभागिताका कारण पनि उहाँलाई निर्वाचित हुन सहयोग पुग्यो । खासगरी स्थानीय तहमा महिला सहभागिता संविधानले नै अनिवार्य गरेको हुँदा उहाँ जस्तै वडामा महिलाको उपस्थिति बढेको छ ।

दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा २०३६ सालमा जन्मनु भएको भुजेल पहिले देखिनै सामाजिक सेवामा सक्रिय हुनुहन्थ्यो । जसका कारणले उहाँको यात्रा जनप्रतिनिधिसम्म पुग्न सहज बन्यो । एमाले नेता स्वर्गीय पशुपति चौलागाईको गृह गाउँमा हुर्किनु भएको भुजेल उहाँकै प्रेरणाले पारिवारिक पृष्ठभूमिमा राजनीति सक्रिय छ । उक्त कारण मैनापोखरीमै रहदाँ पनि विभिन्न संघसंगठनमा रहेर काम गर्ने अवसर पाउनु भयो । २०५६ सालमा दोलखा भीमेश्वर नगरपालिका ५ माटीमा विवाह गरेपछि उहाँलाई विभिन्न क्षेत्रमा रहेर काम गर्न पारिवारीक रोक तोक भएन । त्यसैका कारण आफुले जनप्रतिनिधिको रुपमा रहेर वडा बासीलाई सेवा गर्ने अवसर पाएको भुजेल बताउनु हुन्छ । २०७९ साल अगाडी सिमित व्यक्ति सँग मात्रै परिचित यकमायाको परिचय, अहिले वडा देखि नगरपालिका सम्म पुगेको छ । यसको कारण वडा सदस्यमा निर्वाचित हुनु हो । त्यसैले गर्दा पनि विहान बेलुका केहि नभनी नागरिकको सेवामा लाग्न तल्लिन हुनुहुन्छ । कहिले ज्येष्ठ नागरीकको घरमा स्वास्थ्य कार्यक्रम लिएर होस, कहिले किसानका समस्या बुझ्न उनिहरुको करेसा बारीमा, या त विकास निमार्णका काम कार्यान्वयनको अबस्था बुझ्न कुनै झन्झट मान्नु हुन्न । यसले गर्दा पनि स्थानीय तहका जनप्रतिनिधि प्रति नागरिकको विश्वास बढ्दै गएको एकमायाको बुझाई रहेको छ ।
स्थानीय सरकार भनेको नागरीकले देख्न सकिने, छुन सकिने, अनुभव गर्न सकिने, र खबरदारी गर्न सक्ने हुनु पर्छ । हामी त्यसै गरी लागि रहेका छौ । आगमी आर्थिक वर्षको बजेटमा कुनै पनि नागरीकका योजना नछुटुन र नदोहोरीने गरि योजना निमार्ण गर्ने कार्य भैरहेको भुजेल बताउनु ुहन्छ । “यसले गर्दा नागरीक खुसी हुन्छन् । नागरीक खुसी हुनु भनेको हामीलाइ खुसी मिल्नु हो” भुजेल भन्नु हुन्छ ।
निर्णय प्रक्रियामा वडाले तपाईलाई कतिको जानकारी गराउछ ? भन्ने हाम्रो प्रश्नमा भुजेल भन्नु हुन्छ “वडाको बैठकका निर्णयहरुमा महिला जान्दैनन् या त बुझदैनन् भनेर जानकारी नदिने, बैठकबारे जानकारी नदिने अहिले सम्म हाम्रो वडामा भएको छैन् । दुई जना महिला सदस्यले प्रत्येक वडाको बैठकको निर्णय हेरेर बुझेर मात्रै त्यस निर्णयमा सहमती भए पछि मात्रै हस्ताक्षर गर्ने गरेको अनुभव समेत उहाँको छ । आफुलाई थाहै नदि वडाअध्यक्ष वा कुनै व्यक्तिले निणर्यमा कोरम पुराउन मात्रै हस्ताक्षर गर्न लगाएका छैनन् । ‘मैले कता–कता महिला जनप्रतिनिधिले राखेका योजनाहरु वडा अध्यक्षले नसुन्ने गरेको पनि सुनेको छु तर हाम्रो वडामा त्यो हुदँैन। वडाअध्यक्षले हामीले लगेका योजना तथा कार्यक्रममा हस्तक्षेप गर्नु भएको छैन् । बरु आवश्यक छलफल सहित ति कार्यक्रमहरुका समुुदाय सम्म लग्ने गरेका छौ । महिला जनप्रतिनिधि भएका नाताले पनि महिला शसक्तिकरणको लागि काम गर्नु पर्छ र थुप्रै योजना वडाको बैठकमा राख्दै आएका छौ । ति योजना तथा कार्यक्रम पनि सम्बोधन भएका छन् । कति प्रक्रियामा रहेका छन् । महिलालाई पञ्चे बाजा बजाउने तालिम, मुडा बनाउने तालिम हामीले नै माग गरेका योजना हुन । ति कार्यक्रमबाट अहिले लक्षित समुदायका महिला जिवीकोपार्जनमा जोडिएका छन् ।
कार्यवाहक वडा अध्यक्षको भुमिकामा भुजेल
भुजेल सँग कार्यवाहक वडा अध्यक्षको समेत अनुभव छ । निर्वाचित भएर वडामा पुगे पछिको सुरुवाती चरणमा केहि चुनौति आए पनि चुनौति सामाना गर्दै काम गर्नुभयो । त्यसैको परिणामले गर्दा कार्यवाहक वडा अध्यक्षका रुपमा पनि काम गर्ने अवसर मिल्यो । सधै भरि वडा अध्यक्ष वडाकार्यालयमा नहुने भएका कारण जनताको सेवा रोकिनु हुदैन भनेर वडाध्यक्षले कार्यवाहकको जिम्मेवारी दिए पछि महिला सदस्यको भूमिकामा रहेर काम गर्नु र कार्यवाहक वडाध्यक्ष भएर काम गर्नुमा फरक अनुभव बटुल्नने आवसर यकमायाले पाउनुभयो । वडाका विभिन्न सिफारीस प्रमाणित लगाएत करिब १ सय भन्दा बढि कागजातमा उहाँले हस्ताक्षर गर्नु भएको छ । यसमा वडा अध्यक्षले गरिरहेको काममा बुझेर मात्रै काम गर्ने गरेको उहाँ बताउनु हुन्छ । यसरी सिफारिसहरुमा हस्ताक्षर गरि रहदा कति पए कुरा बुझ्न समस्या भयो । त्यसमा वडा अध्यक्ष र वडा सचिबको सहयोग माग्ने गर्नु भएको छ । प्रतिनिधित्वमा रमाएर बस्ने होईन, पाएको जिम्मेवारीलाई पुरा गरी नतिजा देखाउने तर्फ केन्द्रित भएर काम गरि रहेको उहाँको तर्क थियो ।
सानै उमेर देखि स्थानीय स्तरका कार्यक्रमहरुमा चासो राख्ने भुजेललाई जनप्रतिनिधि भए पश्चात पनि केहि समस्याहरु नआएका हैनन् । स्थानीय सरकार संञ्चालन ऐन, कानुन अध्ययन गर्ने, आफ्नो अधिकारको बारेमा जानकारी लिइरहदा भने सुरुवाती वर्षहरुमा भन्दा पछिल्लो बर्षबाट काम गर्न निक्कै सहज भएको छ । वडामा उपभोक्ता समिती र ठेक्का माफर्त हुने कामको समेत अनुभव भएको छ । वडामा भएका विकास निमार्ण तथा पुर्वाधारका कामको अनुगमन गर्न अनुगमन समिती सँग जानलाई सजिलो भएको छ । क्षमता विकासको लागि दलित महिला केन्द्र नेपालले भिमेश्वर नगरपालिकाका महिला जनप्रतिनिधीहरुको लागि सहयोग गरेको उहाँले बताउनुभयो । उक्त संस्थाले महिला जनप्रतिनिधीहरुको क्षमता विकास तथा नेतृत्व विकासको विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।
महिला सहभागिता राजनीतिमा मात्र नभई शिक्षा, रोजगारी, सामाजिक सेवा, कृषि, स्वास्थ्यलगायत सबै क्षेत्रमा अभिवृद्धि गर्ने प्रण तथा प्रतिबद्धता सबै पक्षबाट आउन सकेमा महिलालाई हरेक क्षेत्रमा अगाडि बढ्न थप उत्साह तथा प्रेरणा प्राप्त हुने निश्चित छ । देखाउनका निम्ति मात्र नभई सबै क्षेत्रमा महिला क्षमता विकास गर्दै उनिहरुको वास्तविक सहभागिता गराउनु पर्छ । स्थानीय सरकारको नेतृत्व सम्हाल्दै गर्दा चुनौतीसँगै अवसर प्राप्त हुने विचार महिला जनप्रतिनिधिको छ । आरक्षणले राजनीतिमा महिला सहभागिता बढेको छ । आवाजहरु बुलन्द भए । तर, महिलालाई हेर्ने परम्परागत दृष्टिकोणमा अझै परिवर्तन आएको छैन । जतिसुकै योग्य र सक्षम भए पनि महिलालाई नेतृत्वमा टिक्न नदिन विभिन्न प्रपञ्च रच्ने गरिन्छ । आज उप प्रमुख भएपनि भोलि प्रमुख बन्ने क्षमता राख्छु भन्ने देखाउन सोही अनुसार महिला पनि अघि बढ्नुपर्छ ।
दोलखाका १ स्थानीय तह कालिञ्चोक गाउँपालिका बाहेक ८ स्थानीय तहमा महिला उपाध्यक्ष रहेका छन् भिनपा ९ लाकुरीडाँडा भन्दा वाहेक सवै वडामा महिला र दलित वडा सदस्यहरु निर्वाचित भएका छन् । नगर उपप्रमुख तथा उपाध्यक्षले आफ्नो अधिकार अनुरुप काम गरि रहे पनि महिला वडा सदस्यले के भुजेल जस्तै आफ्नो अधिकार अनुरुप काम गर्न सकि रहेका छन् ? यो भने सोचनिय विषय बनेको छ ।