मेलुङ गाउँपालिका दोलखाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्न थालेका छन् । पालिकाले विशेष गरी हालसम्म परिचय पत्र लिन छुटेकालाई अपाङ्गता परिचय पत्र वितरण गरेका हुन ।
हालसम्म वडा नं. ५, ६ र ७ का अपाङ्गता भएका व्यक्तिहरुका लागि विशेष गरि हालसम्म परिचयपत्र लिन छुटेकालाई वितरण गरिएको मेलुङ गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष नवराज खड्काले बताउनु भयो ।
अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम पहिलो दिन मेलङ स्वास्थ्य चौकीबाट सम्पन्न भएको छ । आज वितरण गरिएको परिचय पत्रमा क वर्गको ३, ख वर्गको १, ग वर्गको १० र घ वर्गको ४ जना रहेका छन् । यस कार्यक्रम वडा नं. २, ३ र ४ का लागि भेड्पु स्वास्थ्य चौकी बुद्धचोकमा पुस २९ र वडा नं. १ का लागि पवटी स्वास्थ्य चौकीमा पुस ३० गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रम उद्घाटन सत्रमा गाउँपालिकाका अध्यक्ष हिरा थोकर र उपाध्यक्ष गायत्री आचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति:
बिहीबार, पुस २८, २०७९, १७:३५:००