हिलेपानी मावि दोलखाको स्वर्ण जयन्ती मनाउनको लागि आर्थिक सहयोग संकलन जारी छ । कालिञ्चोक गाउँपालिका–४ लामिडाँडामा अवस्थित हिलेपानी संस्कृत माध्यमिक विद्यालय यही माघ २१ गतेदेखि ५० औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा विद्यालयले विविध कार्यक्रम तय गरी मनाउन लागेको हो ।

स्वर्ण जयन्ती–२०८१ को अवसरमा विद्यालयले तय गरेको कार्यक्रमको लागि समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवी र अभिभावकहरुले खुलेर विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । विद्यालय पवित्र मन्दिर जस्तै भएकाले सबै जनाले सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सामाजिक व्यक्तित्वक्तहरुले आर्थिक सहयोग प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक डम्बर बहादुर थामीले जानकारी दिनुभयो । स्वर्ण जयन्तीकै अवसरमा विद्यालयले खेलकुद, सांस्कृतिक कार्यक्रम, स्मारिका प्रकाशन लगायतका विभिन्न कार्यक्रम तय गरिएको सहायक प्रधानाध्यापक थामीले जानकारी दिनुभयो ।

विद्यालयले शैक्षिक उन्नयनमा योगदान गर्नु हुने विद्यालयका संस्थापकहरू, पूर्वविद्यालय व्यवस्थापन समिति, पूर्वशिक्षक अभिभावक संघ, पूर्वप्रधानाध्यापक, पूर्वशिक्षक, पूर्वविद्यार्थी, संघ संस्थाहरू लगायत तमाम शिक्षाप्रेमी, वुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावक एवम् सरोकारवाला पक्षहरूमा यस विद्यालय र कालिञ्चोक गाउँपालिका वडा नं. ४ को कार्यालय समेतको तर्फबाट धन्यवाद व्यक्त गर्दै विद्यालयलाई सहयोग गर्न आग्रह गरिएका थिए ।
स्वर्ण महोत्सवलाई विद्यालयको शैक्षिक उत्सवका रूपमा यही मिति माघ १७ देखि २१ गतेसम्म विविध कार्यक्रमहरूसहित भव्य रूपमा मनाइने विद्यालयका सहायक प्रधानाध्यापक थामीले जानकारी दिनुभयो । साथै आर्थिक एवम् भौतिक सहयोग गर्ने व्यक्तिहरुको नामावली हिलेपानी स्वर्ण स्मारिकामा प्रकाशन गरिने छ भने १०,००० वा सो भन्दा बढी आर्थिक वा भौतिक सहयोग गर्ने व्यक्तित्वहरुको नामावली विद्यालयको स्वर्ण स्तम्भको शिलालेखमा समेत लेखिने छ ।
हालसम्म सहयोग गरेका व्यक्तिहरु
१) वडाअध्यक्ष दिपक खुलाल–१८,८८८।
२) पूर्वविद्यार्थी अम्बर खतिवडा–२०,०००।
३) पूर्वविद्यार्थी जगत खत्री–१०,०११।
४) पूर्वविद्यार्थी सन्तोष थापा–१०,१०५।
५) पूर्वविद्यार्थी सन्तोष कार्की–११,१११।
६) पूर्वविद्यार्थी चित्र बहादुर खड्का–११,५५५।
७) समाजसेवी लाल कुमार पाठक–११,६६६।
८) पूर्वविद्यार्थी ध्रुवराज कार्की र गोमा कार्की–१५,६७८.९०।
९) पूर्वविद्यार्थी यज्ञराज घिमिरे–१०,०००।
१०) पूर्वविद्यार्थी राजेन्द्र कार्की–१०,१११।
११) पूर्वविद्यार्थी सुदिप बस्नेत–३७,१०५।
१२) व्यवसायी विमल ओली–५,०००।
१३) पूर्वविद्यार्थी सन्तोष कार्की–५१,०००।
१४) पूर्वविद्यार्थी भगवती अधिकारी (खुशी)–१५,०००।
१५) पूर्वविद्यार्थी पण्डित सुशिल भण्डारी–११,१११।
१६) पूर्वविद्यार्थी चण्डिका घिमिरे पन्थी–११,१११।
१७) पूर्वविद्यार्थी इश्वर बस्नेत–११,१३६।
१८) पूर्वविद्यार्थी रुपेश थापा–११,१५८।
१९) विद्यालय व्यवस्थापन समिति अध्यक्ष, हरिराज भण्डारी–१५,५५५।
२०) हिलेपानी मावि प्रधानाध्यापक, भीमकुमार पाण्डे–२३,३३३।
२१) शिक्षक अभिभावक संघ अध्यक्ष, बुद्धि बहादुर बानिया–१०,१११।
२२) विव्यस सदस्य, टिकाराम न्यौपाने–१०,१११।
२३) नेपाली विषयका शिक्षक सुवास चन्द्र सेढाई–१५,५५५।
२४) शिक्षक राम कुमार केसी–१०,५०५।
२५) कार्यालय सहयोगी श्याम खत्री–५,१०५।
२६) सहायक प्रधानाध्यापक डम्बर बहादुर थामी–१५,५५५।