कालिञ्चोक गाउँपालिका«–१ बेगुम्पामा समुदायका अगुवा कृषकलाई घरबगैँचा प्रवद्न सम्बन्धि अभिमुखीकरण आयोजना गरिएको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा नामसालिङ सामुदायिक विकास केन्द्र तथा कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
आफ्ना घरवरिपरी खाली रहेका जग्गामा बगैचा तयार पारी तरकारी र फलफूल खेती लगाएर दैनिक उपभोग गर्न सजिलोको लागि घर बगैचा प्रवद्र्धन सम्बन्धी अभिमुुखी कार्यक्रम आयोजना गरेको नामसालिङ सामुदायिक विकास केन्द्रका जिल्ला परियोजना संयोजक राजन केसीले जानकारी दिनुुभयो । तालिममा विविध विषयमा प्रयोगात्मक र सैद्धान्तिक तरिकाबाट प्रशिक्षण गरेको संयोजक केसीले जानकारी दिनुुभयो ।
तालिममा विशेष गरी घरबगैंचा भनेको के हो, घरबगैचामा समावेश हुनुपर्ने कुराहरु, माटो व्यवस्थापन, सिंचाइ व्यवस्थापन, मल (कम्पोस्ट, गड्यौला मल हरियो मल) बनाउने तरिका, नर्सरीका प्रकार, पशुपालन, माछा पालन, मौरी पालन, च्याउ खेती, पोषण, तरकारी तथा फलफुलमा लाग्नी रोग किरा र नियन्त्रणका उपायहरू, किरा नियन्त्रण गर्ने पासोहरु आदि, बीउ तथा माटो उपचार, पशुखोर तथा दाना व्यवस्थापन, रोग तथा उपचार आदि साथै तालिममा सहभागीहरुलाई १÷१ प्याकेट रायो, काउली, सिमी, बोडी र मुलाको बीउ वितरण गरेको आयोजकले जानकारी दिए ।
कार्यक्रम रेनुुका थामीको अध्यक्षता र कालिञ्चोक गाउँपालिका–१ का वडाअध्यक्ष पदम बहादुर थामीको विशेष आतिथ्यतामा भएको थियो । त्यस्तै वडासचिव धर्मराज चलाउने मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम सहजीकरण तथा समन्वय पूूर्ण बहादुर थामीले गर्नुभएको थियो भने अस्मिता बस्नेत र नवराज थामीले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा २५ जना सहभागी रहेका थिए ।