शान्ति नीहारिकाद्वारा लिखित उपन्यास ‘चट्याङको मूच्र्छना’ सार्वजनिक गरिएको छ । दीप श्री क्रिएटिभ मिडियाको प्रकाशनमा आएको कृति साझा चौतारीको आयोजना र टिकटक लाइभ कार्यक्रममार्फत विमोचन गरिएको हो ।

कार्यक्रम गायक तथा संगीतकार प्रदीप देवानको अध्यक्षता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै साझा चौतारीको टिकटक लाइभमार्फत छनोट भएका पाँच जना गायक–गायिकालाई पुरस्कार प्रदान गरियो । पुरस्कृत हुनेमा सानु लामा, सुमी जिम्बा, नेमोँ प्रधान, अशोक लामा र अनु न्यौपाने छन् ।

कार्यक्रममा डाक्टर भोजराज घिमिरे, डाक्टर रेणुका सोलु, घनेन्द्र ओझा, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार रोहित भण्डारी, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलगायत साहित्यकार, संगीतकर्मी, पत्रकार र कलाकारहरूको उपस्थिति थियो । कृतिको सम्पादक शिव शर्मा, डिजाइन तथा मुद्रण विनोद बिम्बित, भिजन तथा व्यवस्थापन आँचल कुमार शर्मालाई पनि विशेष योगदानको कदरस्वरूप सम्मान गरिएको थियो ।
कार्यक्रममा शान्ति नीहारिकालाई साझा चौतारीको प्रमुख प्रशासकका रूपमा गरेको उल्लेखनीय कार्यका लागि समेत सम्मान गरिएको थियो । लेखक नीहारिकाले आफ्ना कृतिलाई सम्मानपूर्वक प्रस्तुत गरेकोमा आयोजक र प्रकाशकप्रति आभार व्यक्त गरिन् ।