गौरीशंकर च्छोरोल्पा मिडियाको सातौँ वार्षिक उत्सवको अवसरमा कला, साहित्य, सामाजिक सेवा, पर्यटन, पत्रकारिता लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
उत्सवका अवसरमा संस्थाले विभिन्न विधामा सम्मान प्रदान गरेको हो । सम्मानित हुनेहरूमा च्छोरोल्पा सामाजिक अभियन्ता सम्मान २०८२ शंकर जोशी, च्छोरोल्पा सामाजिक सेवा सम्मान २०८२ शिवराम थपलिया, च्छोरोल्पा पत्रकार सम्मान २०८२ सुवास योञ्जन, च्छोरोल्पा राष्ट्रसेवा सम्मान २०८२ सहायक रथी (अ.प्रा.) रामचन्द्र कार्की, च्छोरोल्पा सर्वश्री कला सम्मान २०८२ कलाकार लक्ष्मी श्रेष्ठ तथा च्छोरोल्पा पत्रकारिता सम्मान २०८२ बाट नेपाल पत्रकार महासंघका सचिव रमेश खतिवडा रहेका छन् । त्यसैगरी, लाईफटाइम फोटो जर्नालिज्म च्छोरोल्पा अचिभमेन्ट २०८२ बाट पत्रकार जीवन लामालाई अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा जिल्लाको विकासमा योगदान पु¥याएको कदरस्वरूप जिल्ला विकास समिति दोलखाका पूर्वसभापति रुद्रबहादुर खड्कालाई धन्यवादपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ समाजसेवी एवं गीतकार शोभित उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गौरीशंकर च्छोरोल्पा मिडियाका सञ्चालक प्रबिन प्रसाद थपलियाका अनुसार, सम्मानित व्यक्तित्वहरूले आ–आफ्नो क्षेत्रमा निरन्तर समर्पण, इमान्दारिता र सेवाभावका साथ समाज, राष्ट्र, कला, पत्रकारिता तथा सामाजिक अभियानमा पु¥याएको योगदान प्रेरणादायी र उच्च सम्मानयोग्य रहेको छ ।
स्थापनाकालदेखि नै गौरीशंकर च्छोरोल्पा मिडियाले नियमित रूपमा वार्षिक उत्सव मनाउँदै आएको छ । साथै, संस्थाले सामाजिक क्षेत्रका विविध अभियानमार्फत समाजप्रति महत्वपूर्ण योगदान गर्दै आएको सञ्चालक थपलियाले जानकारी दिनुभयो ।