निर्धन उत्थान लघुवित्त वित्तिय संस्था शाखा कार्यालय नाम्दु दोलखाले बीमा क्षतिपूर्ति रकम वितरण गरेको छ ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बीमा क्षतिपूर्ति रकम वितरण गरेको हो । दोलखा वैतेश्वर गाउँपालिका–३ जयनालुमा सञ्चालित जयनालु महिला समुहकी सदस्य श्यामु तामाङका श्रीमान टेक बहादुर तामाङको निधनपछि संस्थाले कर्जा बीमा क्षतिर्पुित बापत ३ लाख ७१ हजार ५ सय रकम मृतकका श्रीमतीलाई चेक हस्तान्तरण गरिएको संस्थाका शाखा प्रमुख उमेश पोखरेलले जानकारी दिनुभयो । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बीमा रकम वितरण गरिएको हो ।
वित्तय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्य सहित संस्थाले प्रदान गर्ने सेवा सुविधावारे उक्त कार्यक्रममा जानकारी गराइएको थियो । समुहका सदस्यहरुले निर्धन उत्थान लघुवित्त संस्थाले दोलखामा कार्यक्षेत्र सहित नेपालमै वित्तीय साक्षरता, महिला सशक्तीकरण व्यासायिक ज्ञान, लघुकर्जा तथा लघुबचत सामाजिक उत्तरदायित्वका शिर्षक अन्तरगतका सेवा प्रदान गरेकोमा खुशी व्यक्त गरेका छन् । यस्ता कार्यक्रमलाइ निरन्तर अगाडि बढाउन समुहकी अध्यक्ष मैतली तामाङले सहयोग गर्ने बताउनु भयो ।
७७ वटै जिल्लाहरूमा शाखा सञ्जाल रहेको लघुवित्त वित्तीय संस्थाको १८५ वटा शाखा कार्यालयहरू, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी कुल १९६ वटा कार्यालयमार्फत ४ लाख २ हजार ७ सय लघुउद्यमीहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई बिनाधितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागी, बाढी, पहिरो, भूकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान÷राहात, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोराछोरीलाई गम्भीर प्रकृतिका घातक रोग लागेमा आर्थिक अनुदान÷राहात, सदस्यलाई पाठेघरको शल्यव्रिmया गरेको अवस्थामा आर्थिक अनुदान÷राहात र ऋणी सदस्य तथा संरक्षक (पति) को मृत्यु हुँदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट मुक्त गराउँदै आएको छ । साथै संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, वौंद्धिक विकासमा टेवा पु¥याउंदै आएको छ । स्व. डा. हरिहरदेव पन्तले सबै धनी ईमान्दार हुँदैनन्, सबै गरिब बेईमान हुँदैनन् भन्ने सोचका साथ नेपालमा विपन्न वर्गका महिलाहरूलाई सामाजिक चेतनाको साथै वित्तीय तथा गैरवित्तीय सेवा दिगो तरिकाले पु¥याउन पहिलो पटक विनाधितो लघुवित्तको शुरूवात गरी आमगरिब व्यक्तिमा वित्तीय साक्षरता, उद्यमशीलता विकास ताालिम, बजार र वित्तीय पहुँच एकीकृत रूपमा पु¥याई आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना गर्नु भएकोे थियो ।