डा. सञ्जु सापकोटा,
हिजो भर्खर बालाई “भोलि बलियो भएर बस्नु ल ? म घर पठाई दिन्छु” भनेकी थिएँ । बा, खुशीले गद्गद भएक थिए । आज आउँदा बालाई पखाला सुरु भएको रहेछ । “बा कस्तो छ ? भनेर सोधें । बा अस्पतालको झ्यालबाट बाहिर हेरेर टोलाई रहनु भएको थियो । छेउबाट छोराले सोधे “डाक्टर साब, आमालाई पनि साह्रो भएर ल्याएको छु । अघि हेर्नु भएको होला कस्तो छ उहाँलाई ?
अघि भर्खर बिरामीहरु हेर्दै जाँदा तिनै आमालाई सास फेर्न गाह्रो भएर केही थप औषधी अनि अक्सिजन बढाएर आएकी थिए । पाँच दिन अगाडि बा लाई आईसोलेसनको बेडमा राखिएको थियो ।
“बा हजूरलाई बलियो भएपछि पठाईदिन्छु भनेको होईन त ?” बा को ढाड धप्धपाउदै मैले भने । “म बलियो भैसकें” “पन्जा लडाई खेल्ने हो त बा मसँग?” ठट्यौली पारामा मैले भने । बाले गम्भिर हुँदै भन्नुभो “डाक्टरसँग लडाई गर्नु हुन्न” । बा को धेरै चिन्ता लागेको थियो । धेरै कुराहरु मनमा खेलिरहेको थिए । खै मनले के सोच्यो उनको छोरातर्फ फर्केर बा लाई आमासँग लग्नुहोस है भने ।
“मलाई घर पठाईदिनुस” बा ले कमजोर आवाजमा भन्नुभयो । “बा हजूरलाई बलियो भएपछि पठाईदिन्छु भनेको होईन त ?” बा को ढाड धप्धपाउदै मैले भने । “म बलियो भैसकें” “पन्जा लडाई खेल्ने हो त बा मसँग?” ठट्यौली पारामा मैले भने । बाले गम्भिर हुँदै भन्नुभो “डाक्टरसँग लडाई गर्नु हुन्न” । बा को धेरै चिन्ता लागेको थियो । धेरै कुराहरु मनमा खेलिरहेको थिए । खै मनले के सोच्यो उनको छोरातर्फ फर्केर बा लाई आमासँग लग्नुहोस है भने ।
अव बा लाई पनि आमा भएको वार्डमा पुर्याईयो । बा र आमाको भेट नभएको आज एघार दिन भईसकेको थियो । स्वाँ–स्वाँ गर्दै आधा मास्कले छोपेर आँखा मात्र देखिएको आमाको मुहार परबाट बा लाई देखेर आँखा रसिला भए अनि अविरल बगे । बा ले धेरै प्रयास गरेपनि आँशु थाप्न सकेनन ।
कोठामा फर्कने बेलासम्म हिजोका कुराहरु मेरो मानसपटलमा घुमिरहे । सत्तरी कटिसकेका बा, जे भनेपनि हुन्छ भन्थे । फेरी पखाला लागेछ । शरिर झन गल्दै गएको झै लाग्यो । “एक सबै दाँत देखिने गरी हासिदिनुस न बा” मैले हिजो जिस्कीदै भनेकी थिए । निन्यौरिएका बा ज्ञानी बालकले झैं मैले भनेको खुरुक्क मान्दै हासिदिए र भने “सबै दाँत भए पो, झरिसके, तीन वटा मात्र बाँकी छन”। बा हाँस्दा मननै हल्का भएको थियो । मनमनै बा को हाँसो भोलि पनि हेर्न पाउँभनि प्रार्थना गरेकी थिए । यस्तै कुरा खेलाउदै म कोठामा आईपुगेकी थिए । टुसुक्क बस्न नपाउदै फोनको घण्टी बज्यो । सिस्टरले गर्नुभएको रहेछ । अघिकै बा ले खोज्नु भएको कुरा भन्नु भयो ।
ढिका–ढिका आँशुहरु आँखाबाट गाला हुँदै चिउडोमा आएर सक्किए । परैबाट केहीछिन एक अर्कालाई हेरिरहे अनि केही नबोली बा नाकमा अक्सिजन लगाएर घुप्लुक्क पल्टिए । म सँगसँगै सिस्टरहरुको आँखा पनि ओभानो रहन सकेनन् । सायद सबैलाई मलाई जस्तै आमा र बाको पीडाले भित्रै मनमा कोतारेको थियो ।
चरिकोट अस्पताल, दोलखा ।