हरेक दिन बिहान कार्यालय देखी फिल्डमा समेत डिउटीमा खटीरहेका हुन्छन । उनको चिन्ता बजार क्षेत्रमा भिड होलाकी ?कोरोना संक्रमण फैलेलाकी भन्नेमा ? लागि रहन्छ । त्यसकै लागि उनी खटिएका हुन । काममा खटिँदा कोरोना संक्रमण हुने जोखिम र भय पनि हरेक दिन उनलाई उत्तिकै लागि रहन्छ ।
चीनको वुवाङ बाट शुरू भएको कोभिड १९ कोरोना भाइरसले नेपाल छिर्दा पनि त्यसको नियन्त्रणमा खटिने सुरक्षाकर्मी नै थिए अहिले कोरोनाको दोस्रो लहरमा उनीहरु नै नियन्त्रणको अगुवाई गरिरहेका छन । कोरोना संक्रमण सुरु भएदेखि सीमा क्षेत्र निगरानी र निषेधाज्ञा कार्यान्वयनमा फ्रन्टलाइनमा खटिँदै आएका छन । पछिल्लो समय आफ्नो भन्दा सर्वसाधारणलाई संक्रमणबाट जोगाउन भीडभाड नियन्त्रण अभियानमा जुटेका प्रहरी कर्मचारीहरू नै संक्रमणको चपेटामा पर्न थालेका छन । अहिलेसम्म ५० हजारभन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित भइसकेका छन ।
सुरक्षाकर्मीमध्ये अपराध नियन्त्रण, शान्ति सुरक्षा र सबैसँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरीमा कोरोनाको संक्रमणको जोखीम धेरै छ। सशस्त्रमा पनि सीमा क्षेत्रमा खटिएका र भीडभाड नियन्त्रणमा परिचालन गरिएकामा संक्रमण देखिन थालेको छ। नियमित काम कारबाहीबाहेक कोरोना नियन्त्रणकै लागि अहिले नेपाल–भारत सीमा क्षेत्रमा ठूलो संख्यामा सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको छ।
सीमा क्षेत्र, राजमार्ग, बजार, गाउँ, बस्ती सबैतिर पुग्नुपर्दा सुरक्षाकर्मीलाई संक्रमण बढीहेको छ । तरपनि थप सतर्क र सजग हुँदै ‘फुल इफोर्ट’का साथ नियमित कामसहितको जिम्मेवारीबाट प्रहरी पछि हटेको छैन।
मेरो जानकारीमा आए अनुसार नेपाल प्रहरीले गर्नु पर्ने हजार ८० काम हुन्छन । अहिले अर्को एक नम्बरको काम महामारी नियन्त्रण बनेको छ । सुरक्षाकर्मीको पनि मन हुन्छ, घरपरिवार हुन्छ त्यो कहिल्यै सोच्न पाएका छैनन होला सायद । कोरोना नियन्त्रणमा अहोरात्र खटिँदा परिवार भुल्नु पर्ने बाध्यता छदैछ । संक्रमित भए पनि त्यसको पर्वाह नगरिकन सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गरिरहनु परेको छ ।
सीमा क्षेत्र, राजमार्ग, बजार, गाउँ, बस्ती सबैतिर पुग्नुपर्दा सुरक्षाकर्मीलाई संक्रमण बढीहेको छ । तरपनि थप सतर्क र सजग हुँदै ‘फुल इफोर्ट’का साथ नियमित कामसहितको जिम्मेवारीबाट प्रहरी पछि हटेको छैन। निषेधआज्ञा पालना गराएर कोरोना नियन्त्रणमा खटिएकै बेला नागरिक भने बन्द कस्तो रैछ भने लखरलखर निस्फिक्री डुलिरहन्छन । औषधि ल्याएको भन्दै पाउरोटी बोक्दै अरूका परिचय पत्र बोक्दै,ज्याकेट लाउँदै आफैंलाई ढाटेर हिँडिरहेका हुन्छन ।यो सबैको जिम्मेवार पनि प्रहरीले नै लिनु परेको हुन्छ ।
आफू संक्रमित भएर पनि कमजोरी हुन दिइएको छैन । संक्रमित क्षेत्र सिल गर्नेदेखि स्वाब संकलन र अक्सिजनको खोजीसम्मका काममा प्रहरी खटाइने सँगै लागी परेको पाईन्छ । अक्सिजन आपूर्तिलाई सहज बनाउने भूमिका पनि उनीहरुकै काधमा छ । उहाहरुको गुनासो छ कार्यक्षेत्रमा भौतिक दूरी कायम गरेर खान, सुत्न मिल्ने ठाउँ अनि उपयुक्त शौचालय र बाथरुमको व्यवस्था हुँदैन ।
एक जना सुरक्षाकर्मीलाई संक्रमण हुँदा अरूलाई जोगाउन र जोगिन मुस्किल नै पर्छ । समूहमा बसेर काम गर्नुपर्ने र फिल्डमा खटिनै पर्ने बाध्यताले कोरोनाको ठूलो जोखिम थपबढने खतरा छदैछ । स्वास्थ्यकर्मी जस्तै सुरक्षाकर्मीको पनि मनोबल उच्च बनाउँदै कोरोना संकटमा कुनै कमजोरी हुन नदिने हिसाबमा काम गराउनुर्छ । त्यसको दायित्व मुख्य सरकारको हो ।
आफू जोखिम मोलेरै महामारीको रूपमा फैलिएको कोरोनाबाट जनतालाई जोगाउने महत्वपूर्ण अभियानमा केन्द्रित हुँदा सुरक्षाकर्मीको प्रशंसा गरिनुपर्छ । सुनिएको छ जोखिम भत्ता पाएका छैनन । संक्रमणको जोखिमका समयमा झन सुरक्षा सतर्कता बढाउनुपर्ने जिम्मेवारीको उच्च मुल्याङकन गरेर राज्यले जोखिम भत्ता पनि तत्काल दिनुपर्छ ।
‘सर्वसाधारण जनता बच्दा सबै बच्छौँ’ भन्ने मूल मन्त्रलाई आत्मासात गर्दै आफू जोखिममा परेर पनि सुरक्षाकर्मी खटिरहेका छन । सांसद, मन्त्री, सरकारी उच्चअधिकारीलाई सलाम गर्ने सुरक्षाकर्मी लाइ यो संकटको घडीमा सम्मान गर्दै नेतादेखि जनतासम्म सबैले सलाम गर्नुपर्छ ।
नागरिकलाई घर बस, परिवारका साथ बस भन्दा अटेर गरेर बाहिर हिड्नु पर्ने, सुरक्षा कर्मीको घरपाएक कार्यक्षेत्र नहुने, यो संकट मा चाहे झैं बिदा सम्म नहुने,यति सम्म देश र नागरिक को लागि खटि रहँदा कहीँकतै सानो गल्ती भएको पाइएमा सुरक्षा कर्मीले सधैं सधैं गरेको मेहनत शुन्यमा पुर्याउन पनि पछि पर्दैनौ हामी नागरिक