प्रश्नपत्र निर्माण सम्बन्धी २ दिने कार्यशाला आज मेलुङमा सम्पन्न भएको छ मेलुङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा त्रिभुवन मा वि मेलुङमा सञ्चालन भएको कार्यक्रममा परिक्षा समिति गणित,विज्ञान,अंग्रेजी,नेपाली र सामाजिक विषयका विषयगत समितिका सदस्य तथा विद्यालयका विषयगत शिक्षकहरु ५५ जनाको सहभागिता रहेको थियो।राष्ट्रिय परीक्षा वोडका सदस्य तथा काठमाडौ महानगरपालिकाका स्रोत ब्यक्ति शुसिल खनाल, गणित विषयका विज्ञ त्रिभुवन माविका प्रधानाध्यापक सन्तोष श्रेष्ठ ,अंग्रेजीमा शारदा श्रेष्ठ ,विज्ञानमा सुन्दर खडका, सामाजिकमा शेर बहादुर थापा तथा नेपालीमा हरी के सीले सहजिकरण गर्नु भएको थियो।
पौष ९ र १० मा सञ्चालन सञ्चालन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले प्रश्न पत्रले गर्ने मूल्याङ्कनले वालवालिकाको भविष्य र उसको सिकाइ लाइ निर्धारण गर्ने हुँदा प्रश्नपत्र सँग बालवालिकाको मात्र नभइ समाजको र राष्टको भविष्य जोडिएको हुँदा पश्नपत्र निमाण गर्ने विषय जटिल रहेकोले प्रश्नपत्रलाइ स्तरीय र ग्रीड अनुसार बिशिष्टीकृत र ब्यवहारिक हुनुपर्ने कुरा बताउनुभएको थियो। त्पयसैले कार्यक्रम आयोजना गरिएको र कार्यक्रमले उक्त विषयलाइ सहयोग पुग्ने धारणा ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले मेलुङमा युवा शिक्षकहरु धेरै हुनुहुन्छ पुराना शिक्षकको अनुभव नयाँ शिक्षकको जोस र प्रविधिमा भएको प्रसस्त ज्ञानलाइ जोडेर मेलुङको शिक्षालाइ प्रभावकारी बनाउन सकिने वताउनुभयो।शिक्षकहरु समुदायका सम्पती भएकोले उच्च इच्छा शक्ति लगाएर काम गर्न आग्रह गर्दै त्यसको लागि गाउँपालिका सधै विद्यालयको साथमा रहेको कुरा वताउनु भएको थियो।
कार्यक्रमको समापन समारोहमा वोल्दै पूर्व जिवस उपसभापित शिव प्रसाद भण्डारीले देशको विकासको मोडल र राग्ट्रलाइ कस्ता वनाउने शिक्षाले निर्धारण गर्ने भएकोले शिक्षाको अवस्था विग्रिय देशको अवस्था पनि विग्रने वताउनु भयो भण्डारीले राज्यले युवा जनशक्ती अध्ययनको क्रममा विदेश पलाएन भइरहदा देशमै थेग्न नसक्दा आउदा दिनमा समस्या निम्तने धारणा ब्यक्त गर्नृ भएको थियो।कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं १ का अध्यक्ष इश्वर कोइराला त्रिभुवन माविमा प्रधानाध्यापक सन्तोष श्रेष्ठले आ आफ्नो धारणा राख्नु भएको कुरा रोजगार तथा योजना शाखा प्रमुख रामकाजी काफ्लेले जानकारी दिनुभएको छ
कार्यक्रमका सहभागीले आगामी दिनमा स्तरीय तथा विद्यार्थीले सहजै बुझ्न सक्ने प्रश्न पत्र निमाण गर्न प्रश्नपत्रको जटिलतालाई हल गर्न सहजहुने जसले परीक्षाको नतिजामा समेत परिवर्तन आउने विश्वास ब्यक्त गरेका रहेको वताएका छ