वैतेश्वर गाउँपालिकाले सरकारी शिक्षक र कर्मचारीलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउन अनिवार्य गरेको निर्णय कार्यान्वयनमा कमजोरी देखिएपछि पुनः संस्थागत विद्यालयतर्फ फर्किने प्रवृत्ति बढ्न थालेको छ ।

वैतेश्वर गाउँपालिका–१ स्थित विष्णु माध्यमिक विद्यालयका शिक्षक भाइराम बुढाथोकीका अनुसार गाउँपालिकाको निर्णय र निर्देशनपछि केही समय सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना भएका थिए । तर पछिल्लो समय गाउँपालिकाले अनुगमन नगरेपछि ती बालबालिकालाई पुनः निजी विद्यालयमा लगिन थालिएको हो ।

“विद्यालयमा अब दलित, गरिब र विपन्न समुदायका मात्र बालबालिका पढ्न थालेका छन्,“ शिक्षक बुढाथोकीले भन्नुुभयो, “सरकारी कर्मचारीको बालबालिका भने निजी विद्यालयमा छन्, जसले सामुदायिक शिक्षाप्रति विश्वास घटाउँदै लगेको छ ।“
सामुुदायिक विद्यालयमा गरिब, दलित र विपन्नका मात्र सन्तान पढ्ने प्रवृत्तिको गुनासो वैतेश्वर गाउँपालिकाद्वारा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा प्रश्न उठेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ मा प्रवाह भएका सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरुले स्वास्थ्य, शिक्षा, कृषि, सडक लगायतका विषयमा प्रश्न र गुनासो सार्वजनिक गरेका गर्नुभएको थियो ।
कार्यक्रममा नागरिकका गुनासोलाई गम्भीरतापूर्वक सुन्दै गाउँपालिका अध्यक्ष छवि लामा र प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले जवाफ दिनुुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ दोलखाको सहजीकरणमा सम्पन्न भएको थियो । महासंघका सचिव सुजन काफ्लेले नागरिकले खुलेर आफ्नो कुरा राख्न पाएको बताउनुु भयो । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलले शिक्षा, स्वास्थ्य, कृषि र विकास क्षेत्रप्रति नागरिकको बढ्दो असन्तोष यस खालको सार्वजनिक सुुनुुवाइ कार्यक्रम साझा थलो बनेको धारणा राख्नुुभयो । तसर्थ गाउँपालिकाले चौमासिक रुपमा सार्वजनिक सुुनुुवाइ राख्नका लागि गाउँपालिकालाई आग्रह पनि गर्नुभयो । कार्यक्रममा वडाअध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु र सर्वसाधारणको उपस्थिति रहेका थिए ।
तस्विरः बुुना घिमिरे