चरिकोट, १४ असार
तामाकोसी गाउँपालिकाको अस्थायी कोभिड १९ अस्पतालका डाक्टर र कर्मचारी माथि भएको कुटपिटको घटनामा संलग्न दोषिलाई कारवाहिको माग गर्दै विभिन्न स्वास्थ्य संस्थाले प्रेस विज्ञप्ती जारी गरेका छन् ।
शनिबार राति करिव १२ बजे अस्पतालका मेडिकल अधिकृत डाक्टर रोबिश कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारलाई स्थानीय युवाहरु गोपाल तिमल्सीना, रोशन पोखरेल, बिजुली नेपाली, कुमार श्रेष्ठ लगाएतले हातापत गर्दै अभद्र व्यवहार गरेका थिए ।
कोरोना महामारीको दोश्रो लहरमा सिमीत श्रोत साधन र जनशक्तिका बाबजुद बिरामीको सेवामा आफ्नो जीवन नै जोखीममा राखी अहोरात्र सेवामा खटिएका स्वास्थ्यकर्मी माथि आक्रमण हुनु दुखद भएको भन्दै जिरी अस्पताल, चरिकोट अस्पताल, धुलिखेल अस्पताल दोलखा, दोलखा सामुदायीक अस्पताल, च्छोरोल्पा जनरल अस्पताल, गौरिशंकर सुरी प्राथमीक स्वासथ्य केन्द्र, रोल्वालिङ सामुदायीक अस्पताल, सिंगटी अस्पताल, सिंगटी प्राथमिक अस्पताल, नेपाल स्वास्थ्य प्राविधिक संघ दोलखा, लालिगुराँस कम्युनिटि अस्पताल, काभ्रेपलान्चोकका मेथिनकोट अस्पताल र रामेछापको सुनापति गाउँपालिकाको कोभिड १९ अस्थायी अस्पतालले दोषिलाई कारवाहिको माग गर्दै प्रेस विज्ञप्ती जारी गरेका हुन् ।
उनिहरुले स्वास्थ्यकर्मीलाई अस्पताल भित्रै प्रवेश गरी आक्रमण गर्ने व्यक्तिहरुको समुहलाई स्वास्थ्यकर्मी माथि कुटपिट गरेको कसुरमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सम्बन्धी अध्यायदेश पहिलो संसोधन २०७८ अनुसार कारवाहिको माग गरेका छन् । साथै स्वास्थ्यकर्मीलाई भयरहित वातावारणमा स–सम्मान काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायलाई अनुरोध गरीएको छ ।