चिनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस (कोभीड–१९)ले सारा संसारलाई त्रसित बनाएको छ । यो भाइरसको संक्रमण विश्वका धेरैे शक्तिसाली देशहरु हुदै नेपालमा पनि गत केही महिना अगाडी देखि देखिन थालेको हो । नेपालमा यति बेला यो कोरोना भाइरसले ठूलै आतंक मच्चाएको छ । आम नेपाली नागरिकहरुको मनमा कतिबेला यो भाइरस लाग्छ अनि मरिन्छ कि बाँचिन्छ भन्ने भयले घर गरिरहेको छ ।
नेपाल सरकारले यो भाइरसको संक्रमण बाट बाँच्न बचाउन गत चैत्र एघार गते देखि करिव चार महिना जति सिङ्गो मुलुक लकडाउन गरेको थियो । लकडाउन अवधिभर कोरोना भाइरसको संक्रमण पनि त्यति धेरै तिव्र गतिमा फैलिएको थिएन । जव सरकारले लकडाउन अन्त भएको घोषणा गर्यो, सवारी साधानहरु चल्न चलाउन खुला गर्यो, मानिसहरु आवत जावत गर्न खासै कुनै प्रतिवन्ध लगाएन तव कोरोना भाइरसको संक्रमण पनि दिन दुई गणा र रात चौ गुणाको दरले बढ्दै गयो र गत साउन महिना यता नेपालमा यो भाइरसले सैयौं मानिसको ज्यान लिदै छ भने हजारौं मानिसलाई संक्रमित पारिरहेको छ ।
यतिबेला कोरोना भाइरसले संक्रमित पारेकै कारण देशका प्राय सबै अस्पतालका बेडहरु संक्रमितले भरिएका छन । कति संक्रमितहरुले अस्पतालमा ठाउँ नपाएर संस्थागत आइसोलेसनमा छन त कति आफ्नै घरमा आइसोलेसन कक्षको व्यवस्था गरि बस्न बाध्य भएका छन । कति संक्रमितहरु अस्पतालको आइसियु र भेन्टीलेटरमा मृत्युसँग लडिरहेका छन भने कतिपय चिकित्सक र स्वास्थ्यकर्मी हरुको अथक प्रयासले कोरोना भाइरसलाई जितेर रोगमुक्त भई आफ्नो घर फर्किएका छन ।
कोरोना भाइरसको संक्रमण बढदै जाँदा र अस्पताल तथा स्वास्थ्य संस्थाका शैयाहरु कोरोना संक्रमितले भरिदै गएको अवस्थामा तिनै संक्रमितलाई उपचार गर्दा र तिनैलाई बचाउने प्रयास गर्दा कतिपय डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु नै कोरोना भाइरस अर्थात (कोभीड–१९) को संक्रमित हुन पुगेका छन । स्वास्थ्यकर्मीहरु नै संक्रमित भइरहँदा हिजोआज देशका विभिन्न ठाउँमा केही व्यक्तिहरु बाट चिकित्सक, डाक्टर, नर्स तथा स्वास्थयकर्मी माथि अपमान गर्ने, दुव्र्यवहार गर्ने, डाक्टरको घरमा कालो व्यानर राख्ने, अपशव्द बोल्ने, घरमा बस्न नदिने, कोठा भाडामा लिएर बस्नेलाई घर मालिकले कोठामा जान नदिने जस्ता अमर्यादित र अमानविय कार्यहरु गर्ने गराउने गरेको भन्ने विभिन्न संचार माध्यममा सुन्न,पढ्न र देख्न पाइएको छ । जो व्वक्ति नागरिकको स्वास्थ्य सुरक्षाको लागि आफूलाई कोरोना भाइरसको संक्रमणको समेत वास्ता नगरी आफैलाई कोरोना भाइरसको संक्रमित बनाएर रात दिन खाना र खाजा समेत समयमा नखाइकन बिरामीको सेवामा खटिइ रहेका छन तिनैलाई आज हामीले अपमान र दुव्र्यवहार गरिरहेका छौं ।
नेपालका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक डाक्टरहरु,स्वास्थ्यकर्र्मी ल्याव टेक्नेसियन, नर्स, प्यारामेडिक्सहरुले आफ्नो ज्यानको बाजी थापेर कोरोना भाइरस र त्यसको संक्रमित व्यक्तिहरु सँग लडिरहेका छन । कोरोना भाइरसको विरुद्घ लड्दा लड्दै आज उनीहरु आफै कोरोना संक्रमित बनेका छन । रोग र महामारी जस्तो जुन बेला आए पनि सानो ठूलो जत्रो भए पनि आखिर त्यो रोग नै हो, महामारी नै हो । यस्तो रोग र महामारी सँग अग्रपक्तिमा ंलडने जहिले र जहाँ पनि स्वास्थ्यकर्र्मी नै हुन ।
हामी डाक्टर नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई कोरोना लाग्यो, यसले कोरोना सार्छ भनेर दुव्र्यवहार र अपमान गर्छौ । उनीहरुलाई घरमा , कोठामा बस्न दिदैनौं । एक पटक हामीले सम्झनै र बुझ्नै पर्ने कुरा के हो भने के उनीहरुले जानि जानि आफूलाई कोरोना संक्रमित बनाएका हुन त ? अहिले जति डाक्टर नर्स तथा स्वास्थ्यकर्मी जो जो लाई कोरोना संक्रमित भएको छ, तिनलाई कोरोना सार्ने माध्यम भनेकै हामी आफै हौं । हामी कोरोना परिक्षण गर्न जाँदा हाम्रो स्वाब परिक्षण गर्दा, हामीलाई उपचार गर्दा र हाम्रो ज्यान बचाउन लाग्दा नै धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमित भएर आफै आइसोलेसनमा बस्न बाध्य भएका छन ।
विश्वका कतिपय देशका अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले यहि कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउन परेको हामीले सुन्दै देख्दै आएका छौं । हाम्रो देश नेपालमा पनि यो भाइरसको संक्रमण अहिलेको जसरी नै तिव्र गतिमा फैलिदै गयो भने नेपालका स्वास्थ्यकर्मीको पनि अन्य देशका स्वास्थ्यकर्मीकै जस्तो हालत नहोला भन्न सकिन्न । अस्पताल तथा स्वास्थ्य चौकीमा रहेका डाक्टर, नर्स साथै अन्य स्वास्थयकर्मी लाई कोरोना सारिदिने हामी, संक्रमित बन्न सहयोग गर्ने हामी, अनि जो रात दिन नभनि आफ्नो ज्यान हत्केलामा राखेर चौविस घण्टा पिपिइको खोल भित्र आफ्नो शरिर गुम्स्याएर, हातमा हातको छाला चाउरी पर्ने गरी र हात सेतो हुनेगरी ग्लोव लगाएर, अनुहारमा माक्स लगाउँदा लगाउँदा गाला र कानमा पूरै रातो डाम बन्नेगरि माक्स लगाएर हाम्रो सेवामा खटिने डाक्टर र महिनावारी भएको बखत प्याड समेत नफेरी आफ्नो स्वास्थ्यको समेत ख्याल नगरि अहोरात्र हाम्रो सेवा गर्ने नर्सलाई गाली गर्दा अपमान गर्दा हामी आफैलाई लाज लाग्नु पर्ने हो ।
हिजोको दिनमा कोरोना भाइरसको विरुद्घ लडे वापत विदेशी डाक्टर, नर्सले सम्मान पाउँदा सामाजिक संजालमा उनीहरुको फोटो शेयर गर्ने बधाइ दिने हामी नेपालीहरु आज हाम्रै सेवामा खटिने स्वास्थ्यकर्मीलाई कोरोना सार्न आयो भनेर दुव्र्यवहार गरिरहेका छौं । हामीले जसलाई दुव्यवहार गरिरहेका छौ । घर भित्र पस्न दिएका छैनौं, कोठामा बस्न नदिएर खेदिरहेका छौ । तिनै डाक्टर नर्स तथा स्वास्थ्यकर्मीले हामीले गरे जस्तै असभ्य व्यवहार गरेर अस्पताल स्वास्थ्य संस्था नगइ तपाईं हाम्रो स्वास्थ्य सेवा नगरिदिने हो भने हाम्रो हालत कति भयावह हुन्छ होला त्यो हामीले एक पटक सोचेका पनि छैनौं ।
जसलाई हामी अपमान दुव्र्यवहार गरि रहेका छौं, यदि हामी उनीहरुको ठाउँमा भएको भए र हामीलाई उनीहरुले तपाईं हामीले गरे जस्तै व्यवहार गरेको भए हामीलाई कति पिडा हुन्थ्यो होला एक पटक सोच्नै पर्दछ । रोग कसैले जानि जानि ल्याउँदैन र सार्दैन पनि, अनि यो कोरोना भाइरस त्यतिकै देख्ने बित्तिकै टाढै बाट लखेटदै आएर टोकी हाल्ने पनि हैन, रोग लाग्ने वित्तिकै मरिहाल्ने पनि हैन सावधानि पूर्वक उपचार गरेमा छिटै निको पनि हुन्छ । यो भाइरस त्यतिकै आउने पनि हैन । तपाईं हाम्रै असावधानि र लापरवाही र अटेरिपनले गर्दा कोरोना भाइरस लागेको वा फैलिएको हो ।
डाक्टर नर्स,स्वास्थ्यकर्मीले हामीलाई कोरोना सार्ने हैन हामीहरुले चाहि उनीहरुलाई कोरोना सार्ने हो । धेरैजसो स्वास्थ्यकर्मीहरु त तपाईं हामी कोरोना लागेर अस्पताल बस्दा वा कोरोना परिक्षणको लागि हाम्रो स्वाब पठाउँदा नै उनीहरु आफै कोरोना संक्रमित हुनु परेको छ । हामीले स्वास्थ्यकर्मीलाई कोरोना ल्याउँछ, कोरोना सार्छ भनेर अपमान र दुव्र्यवहार गर्दै गर्दा उनीहरुले पनि आफ्नो स्वास्थ्य सेवाको धर्म छाडेर हामीले उपचार नगरे के हुन्छ भनेर सबै स्वास्थ्यकर्मीहरु हात बाँधेर बसिदिए भने त्यस बेला हाम्रो हालत के हुन्छ होला ? त्यसैलै हाम्रो ज्यान बचाउने डाक्टर, नर्स तथा सबै स्वास्थ्यकर्मीलाई अपमान, दुव्र्यवहार गर्ने हैन, उनीहरुको पेशालई प्रशंसा गरौं र उनीहरुलाई अपमान हैन सम्मान गर्न सिकौं । यो कोरोनाको महामारी बाट आफू बाँचौ र अरुलाई बचाऔं ।
लेखक प्रेस संगठन नेपाल दोलखाका संयोजक तथा नेपाल सिमए संघ दोलखका अध्यक्ष हुन ।